"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जनताले पश्चगामी भाष्य अस्वीकार गरेको अध्यक्ष ओलीको दाबी

प्रकाशित मिति :  24 December, 2023 4:06 pm


काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक व्यवस्था रक्षा गर्नका लागि जनता तयार रहेको बताएका छन् । उनले परिवर्तनका पक्षधर राजनीतिक दलहरूले आफ्नो सिद्धान्त र व्यवस्थाको रक्षाका लागि दह्रोसँग उभिनुपर्ने पनि धारणा राखेका छन् ।

एमालेले गरेको बैतडीको झुलाघाटदेखि पाँचथर चिवाभन्ज्याङसम्मको समृद्धिका लागि संकल्प यात्राबारे जानकारी दिन आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ओलीले जनताले पश्चगामी भाष्य अस्वीकार गर्ने बताए । ‘लोकतन्त्रप्रति जनताको असाधारण विश्वास छ । लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ती जनता जे गर्न पनि तयार छ,’ उनले भने ।

जनताले गलत राजनीतिक भाष्यलाई अस्वीकार गरेको पनि ओलीको भनाइ छ । उनले अहिले पनि राणा शासन ठिक भन्ने व्यक्तिहरू भेटिए भन्दैमा त्यो व्यवस्था सही हो भनेर लाग्न नसकिने स्पष्ट पारे । ‘अहिलेसम्म पनि कोही-कोही मान्छेहरू राणा शासन नै राम्रो थियो भन्ने भेटिन्छन् । कोही- कोही पञ्चायत राम्रो थियो भन्ने भेटिन्छन्,’ उनले भने, ‘कोही-कोही राजतन्त्र फर्काउँछौं, यो अवधिभित्र राजतन्त्र फर्काउँछौं भन्छन् । तर यो संकल्प यात्राले राजनीतिक रूपमा गलत भाष्यहरूलाई अस्वीकार गरेको छ । तिनलाई निरर्थक र असान्दर्भिक बनाइदिएको छ ।’

अध्यक्ष ओलीले एमालेको संकल्प यात्राले सामाजिक सद्भाव, राष्ट्रिय एकता बिथोल्नका लागि गरिएका प्रयासलाई अस्वीकार गरिदिएको बताए । उनले व्यवस्थाका पक्षमा जनता स्पष्ट रहेको भन्दै राजनीतिक दलहरूले दह्रो खुट्टा टेक्नुपर्ने स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।