"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जनताले पश्चगामी भाष्य अस्वीकार गरेको अध्यक्ष ओलीको दाबी

प्रकाशित मिति :  24 December, 2023 4:06 pm


काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक व्यवस्था रक्षा गर्नका लागि जनता तयार रहेको बताएका छन् । उनले परिवर्तनका पक्षधर राजनीतिक दलहरूले आफ्नो सिद्धान्त र व्यवस्थाको रक्षाका लागि दह्रोसँग उभिनुपर्ने पनि धारणा राखेका छन् ।

एमालेले गरेको बैतडीको झुलाघाटदेखि पाँचथर चिवाभन्ज्याङसम्मको समृद्धिका लागि संकल्प यात्राबारे जानकारी दिन आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ओलीले जनताले पश्चगामी भाष्य अस्वीकार गर्ने बताए । ‘लोकतन्त्रप्रति जनताको असाधारण विश्वास छ । लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ती जनता जे गर्न पनि तयार छ,’ उनले भने ।

जनताले गलत राजनीतिक भाष्यलाई अस्वीकार गरेको पनि ओलीको भनाइ छ । उनले अहिले पनि राणा शासन ठिक भन्ने व्यक्तिहरू भेटिए भन्दैमा त्यो व्यवस्था सही हो भनेर लाग्न नसकिने स्पष्ट पारे । ‘अहिलेसम्म पनि कोही-कोही मान्छेहरू राणा शासन नै राम्रो थियो भन्ने भेटिन्छन् । कोही- कोही पञ्चायत राम्रो थियो भन्ने भेटिन्छन्,’ उनले भने, ‘कोही-कोही राजतन्त्र फर्काउँछौं, यो अवधिभित्र राजतन्त्र फर्काउँछौं भन्छन् । तर यो संकल्प यात्राले राजनीतिक रूपमा गलत भाष्यहरूलाई अस्वीकार गरेको छ । तिनलाई निरर्थक र असान्दर्भिक बनाइदिएको छ ।’

अध्यक्ष ओलीले एमालेको संकल्प यात्राले सामाजिक सद्भाव, राष्ट्रिय एकता बिथोल्नका लागि गरिएका प्रयासलाई अस्वीकार गरिदिएको बताए । उनले व्यवस्थाका पक्षमा जनता स्पष्ट रहेको भन्दै राजनीतिक दलहरूले दह्रो खुट्टा टेक्नुपर्ने स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका