"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लामिछानेको नेतृत्वमा रास्वपाको नारायणगढ–बुटवल दबाब यात्रा

प्रकाशित मिति :  25 December, 2023 8:03 pm


नवलपुर । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको नारायणगढ–बुटवल खण्ड विस्तारमा ढिलाइ भएको भन्दै ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दबाब यात्रा शुरु गरेको छ । पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा आज सोमवार नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको भृकुटीचोकबाट दबाबमूलक पदयात्राको शुरुवात भएको हो ।

दबाब यात्रा शुरु हुनु अगाडि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले निर्धारित समयमा सडक विस्तार नहुँदा स्थानीयलाई समस्या परेको भन्दै सडक चाँडो निर्माण गराउन दबाब दिन यात्रा शुरु गरेको बताए। ‘यो बाटो बनेको छैन, विकास आयोजना नबन्दा स्थानीयवासी, यात्रु, व्यवसायीदेखि सबैले कष्टपूर्ण जीवन भोग्नुपरेको छ’, उनेले भने, ‘यसलाई लिएर नीति निर्माण तहमा पनि कुरा हुन्छ ।’

बन्द कोठाभित्र बसेर नीति निर्माण गर्नु र फिल्डमा आएर स्थानीयले भोगेको समस्या एकछिन मात्रै भोग्दा पनि उनीहरूको पीडाको बारेमा बोध हुने लामिछानेले बताए । ‘आमसर्वसाधारण सधैँभरि हिँडेका छन्, दौडेका छन्, धुलो बाटोमा गाडी चलाएका छन्, धुलाम्मे भएका छन्, हिलाम्मे भएका छन्’ उनले भने, ‘तर हामी नीति निर्माताले पनि सबैतिरबाट दबाब दिनुपर्ने भएकाले यात्रामा हिँडेका हौँ ।’

दुई पटक म्याद थप गर्दासमेत समयमा सडक विस्तारको काम नसकिने देखिएपछि यसलाई अझ बढी सार्वजनिक चासोमा ल्याउन र यसको महत्त्वबारे सबैलाई जानकारी गराउन यो यात्रा जरुरी रहेको उनले बताए । समयमै विकास आयोजनाका काम सम्पन्न गराउनका लागि दबाब सृजना गरिएका विभिन्न कार्यक्रममध्येको एउटा कार्यक्रमका रूपमा दबाब यात्रालाई लिएको उनले बताए ।

सभापति लामिछानेले पैदल यात्रा गरेर तीन दिनमा बुटवल पुग्ने तयारीमा रहेको भन्दै आफ्नो यात्रामा कुनै पनि स्वागत सत्कार नगर्न आग्रह गरे । नागरिकको भोगाइ थाहा पाउन र चाँडो सडक विस्तारको काम सम्पन्न गर्नका लागि मात्रै यात्रामा निस्किएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका