"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भूकम्प पीडितका लागि तरुण दलले बनायो ७२ अस्थायी आवास

प्रकाशित मिति :  27 December, 2023 12:54 pm


काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले भूकम्प पीडितका लागि ७२ वटा अस्थायी आवास बनाएको छ । भूकम्पले सबैभन्दा बढी प्रभावित जाजरकोटमा तरुण दलले अस्थायी टहरा बनाएको हो । भेरी नगरपालिकाको वडा नम्बर १, ३ र ४ मा तरुण दलले अस्थायी आवास बनाएको हो ।

अस्थायी आवास निर्माणका लागि तरुण दलका नेता कार्यकर्ता ९ दिन देखि खटिएका थिए । अस्थायी आवास निर्माणका लागि ५० जना भन्दा बढी तरुण दलका नेता कार्यकर्ता खटिएको तरुण दलले जनाएको छ ।

अस्थायी आवास बनाउनका लागि आवश्यक जस्तापाता तरुण दलका तर्फबाट व्यवस्था गरिएको तरुण दलका नेता अशोक झाले जानकारी दिए । निर्माण कार्यमा आवश्यक औजारका लागि तरुण दलले निर्माण व्यवसायी महासंघसँग समन्वय गरेको थियो ।

कांग्रेसले दक्ष जनशक्ति सहित निर्माणका लागि समूह समूहमा नेता कार्यकर्ता खटाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशमा सहकार्य गर्ने विषयमा सहमति भएको छ। दुवै दलबीच प्रदेश सरकार

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका-३० का लेखा अधिकृत (छैटौँ) उद्धव भट्टराईलाई २१ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। आयोगका

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग