"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भूकम्प पीडितका लागि तरुण दलले बनायो ७२ अस्थायी आवास

प्रकाशित मिति :  27 December, 2023 12:54 pm


काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले भूकम्प पीडितका लागि ७२ वटा अस्थायी आवास बनाएको छ । भूकम्पले सबैभन्दा बढी प्रभावित जाजरकोटमा तरुण दलले अस्थायी टहरा बनाएको हो । भेरी नगरपालिकाको वडा नम्बर १, ३ र ४ मा तरुण दलले अस्थायी आवास बनाएको हो ।

अस्थायी आवास निर्माणका लागि तरुण दलका नेता कार्यकर्ता ९ दिन देखि खटिएका थिए । अस्थायी आवास निर्माणका लागि ५० जना भन्दा बढी तरुण दलका नेता कार्यकर्ता खटिएको तरुण दलले जनाएको छ ।

अस्थायी आवास बनाउनका लागि आवश्यक जस्तापाता तरुण दलका तर्फबाट व्यवस्था गरिएको तरुण दलका नेता अशोक झाले जानकारी दिए । निर्माण कार्यमा आवश्यक औजारका लागि तरुण दलले निर्माण व्यवसायी महासंघसँग समन्वय गरेको थियो ।

कांग्रेसले दक्ष जनशक्ति सहित निर्माणका लागि समूह समूहमा नेता कार्यकर्ता खटाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – जाजरकोटको शिवालय गाउँपालिकास्थित चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष अमृते दमाईसहित ४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा

काठमाडौँ — कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । प्रमुख सचेतक श्याम घिमिरेसहित ७ जनाका तर्फबाट

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच आइतबार सिंहदबारमा

काठमाडौँ — पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर