"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रियसभा निर्वाचन : यस्ता छन् उम्मेदवारले बुझाउनुपर्ने कागजात

प्रकाशित मिति :  27 December, 2023 6:58 pm


काठमाडौँ ।  राष्ट्रियसभामा रिक्त हुने पदका लागि माघ ११ गते निर्वाचन हुँदैछ। निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी मनोनयनको मिति तोकिएको छ। निर्वाचन आयोगले उम्मेदवारको मनोनयन पत्र दर्ता गर्दा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५, राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ र राष्ट्रिय सभा सदस्य निर्वाचन निर्देशिका, २०७६ बमोजिम विभिन्न कागजात पेस गर्नुपर्ने जनाएको छ।

उम्मेदवारले बुझाउनुपर्ने कागजातको विवरण

(क) उम्मेदवारको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
(ख) मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा
(ग) राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६३ बमोजिम दश हजार रुपैयाँ धरौटी जम्मा गरेको रसिद वा भौचर, तर महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा पचास प्रतिशत छुट हुनेछ। साथै आर्थिक रुपमा विपन्न भएको भनी सम्बन्धित स्थानीय तहले सिफारिस गरेको सिफारिसपत्र संलग्न हुनु पर्नेछ।
(घ) दलको उम्मेदवारको हकमा उम्मेदवार मनोनयनको औपचारिक पत्र
(ङ) राष्ट्रिय सभा सदस्य निर्वाचन पदको लागि दलित समूहबाट उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानुन बमोजिम अधिकारप्राप्‍त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा
(च) राष्ट्रिय सभा सदस्य निर्वाचन पदको लागि अपाङ्गता भएका वा अल्पसंख्यक समुदायबाट उम्मेदवारी दिने व्यक्तिले नेपाल सरकारको अधिकारप्राप्‍त निकायले दिएको अपाङ्गताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र अल्पसंख्यक समुदायको व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानुन बमोजिम अधिकारप्राप्‍त निकायले दिएको अल्पसंख्यक समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी