"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमाले दियो एक साताभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन

प्रकाशित मिति :  28 December, 2023 1:53 pm


काठमाडौँ । नेकपा एमालेले एक साताभित्र राष्ट्रिय सभाका उम्मेदवारको नाम सिफारिस पठाउन प्रदेश कमिटीहरूलाई निर्देशन दिएको छ।

केन्द्रीय कार्यालयले खाली भएको समूहमा प्रत्येक क्लस्टरबाट एकजना महिलासहित तीनजनाको नाम सिफारिस गरी पठाउन प्रदेश कमिटीहरूलाई निर्देशन दिएको केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए।

माघ ११ मा १९ राष्ट्रिय सभाको निर्वाचन हुँदैछ। राष्ट्रिय सभामा एमालेका १७ सांसदमध्ये नौ सांसदको पद रिक्त हुँदैछ।

यो चुनावसँगै नौ सांसदको एकैपटक पद समाप्त हुँदा एमाले आठ सांसदमा मात्र सीमित हुनेछ। गठबन्धन भत्काउन असफल भए एमालेले ती सिट संख्या यो चुनावबाट गुमाउने सम्भावना प्रबल छ।

एमालेबाट राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र मनोनीत सांसद विमला पौड्याल राईसहित भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा, नरपति लुवार, रामचन्द्र राईको पदावधि सकिँदैछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।