"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमाले दियो एक साताभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन

प्रकाशित मिति :  28 December, 2023 1:53 pm


काठमाडौँ । नेकपा एमालेले एक साताभित्र राष्ट्रिय सभाका उम्मेदवारको नाम सिफारिस पठाउन प्रदेश कमिटीहरूलाई निर्देशन दिएको छ।

केन्द्रीय कार्यालयले खाली भएको समूहमा प्रत्येक क्लस्टरबाट एकजना महिलासहित तीनजनाको नाम सिफारिस गरी पठाउन प्रदेश कमिटीहरूलाई निर्देशन दिएको केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए।

माघ ११ मा १९ राष्ट्रिय सभाको निर्वाचन हुँदैछ। राष्ट्रिय सभामा एमालेका १७ सांसदमध्ये नौ सांसदको पद रिक्त हुँदैछ।

यो चुनावसँगै नौ सांसदको एकैपटक पद समाप्त हुँदा एमाले आठ सांसदमा मात्र सीमित हुनेछ। गठबन्धन भत्काउन असफल भए एमालेले ती सिट संख्या यो चुनावबाट गुमाउने सम्भावना प्रबल छ।

एमालेबाट राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र मनोनीत सांसद विमला पौड्याल राईसहित भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा, नरपति लुवार, रामचन्द्र राईको पदावधि सकिँदैछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशमा सहकार्य गर्ने विषयमा सहमति भएको छ। दुवै दलबीच प्रदेश सरकार

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको