"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आर्थिक वृद्धि ६ प्रतिशत लक्ष्य प्राप्त हुने सम्भावना रहेको अर्थमन्त्री दाबी

प्रकाशित मिति :  29 December, 2023 3:22 pm


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २० औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेकाले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना पनि बढेर गएको उनको भनाइ छ । उनले भने, ‘अहिले मूल्यवृद्धि पनि साढे ५ प्रतिशतमा झरेको छ । जसका कारण आर्थिक वृद्धिको ६ प्रतिशतको लक्ष्य पनि प्राप्त गर्ने सम्भावना देखिएको छ ।’

उनले मुलुकको आर्थिक अवस्था निराशाजनक नरहेको जिकिर गरे । सामाजिक सञ्जालमा नकारात्मक कुरा भएपनि तथ्यले मुलुकको अर्थतन्त्र लयमा फर्किंदै गएको देखिएको अर्थमन्त्री महतको दाबी थियो । हरेक क्षेत्रको आर्थिक गतिविधि बढेकाले मुलुकको अर्थतन्त्र लयमा फर्किएको पुष्टि भएको तर्क समेत उनले गरे । अर्थमन्त्री महतले तथ्यहरुलाई लिएर सकारात्मक छलफललाई अघि बढाउने हो भने मुलुकको आर्थिक गतिविधिले अझ बढवा पाउने विश्वास समेत व्यक्त गरे ।

‘अहिले हाम्रो अर्थतन्त्र बिस्तारै लयमा फर्किएको छ । विदेशी रेमिट्यान्स पनि स्वदेशमा आइरहेको छ । बैंक ब्याजदर पनि धेरै छलफलपछि कम हुँदैछ । सेयर मार्केट पनि बढेको छ । जग्गाको कारोबार पनि बढेको छ । अत्याधिक अवस्थामा सेयर र जग्गामा अत्यधिक कारोबार हुँदाखेरी माग आपूर्तिको बीचमा ठूलो असन्तुलन भयो । त्यसले गर्दा त्यहाँ शिथिलता आएको थियो । अब बिस्तारै पनि लय पक्रिँदै छ । र, राजस्व पनि बिस्तारै बढ्न थालेको छ,’ अर्थमन्त्री महतले भने ।

‘सामाजिक सञ्जाल पब्लिक स्पेसमा नेगेटिभ कुरा चाहिँ नेपालमा धेरै बिक्छ । नेगेटिभ कुरा गर्‍यो भने त्यसमा लाइक, फलोअर्स पनि बढिहाल्छ । अब अरु क्रियटिभ कुरा, पोजेटिभ कुराहरुलाई सहजै विश्वास गरिँदैन । त्यसकारण अब यो कुरा जो तथ्य सामुन्ने छ । त्यसको आधारमा छलफल चलाउने हो भने सकारात्मक माहोल बन्छ । र, आत्मविश्वास बढ्छ । आत्मविश्वास बढेको अवस्थामा अर्थतन्त्रले अझ बढी पिकअप लिन्छ भन्ने मलाई लागेको छ,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको

काठमाडौँ– मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्यांकनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ। नयाँ सरकार

काठमाडौं – आर्थिक वर्षको अन्तिममा विकास खर्च गर्ने प्रवृत्ति चालु आव २०८२/८३ मा समेत दोहोरिने निश्चित भएको छ । तेस्रो