"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कृष्ण पहाडीसहितका २२ जना अधिकारकर्मी पक्राउ

प्रकाशित मिति :  29 December, 2023 3:37 pm


काठमाडौं । एनसेल घोटाला प्रकरण सम्बन्धमा विश्वसनीय न्यायिक छानविन आयोग गठन गर्नु पर्ने लगायतको आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले काठमाडौंको माइतीघरमा गरेको धर्नाबाट प्रहरीले २२ जना अधिकारकर्मीहरुलाई पक्राउ गरेको छ ।

समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी  पक्राउ परेका छन् ।

यसैगरी ललितपुर शाखा सभापति मनबहादुर थापा, अधिकारकर्मीहरु सानु लामा, उमा गौतम, बलबहादुर गाहा मगर, जगन्नाथ पुडासैनी, ईश्वर पुडासैनी, विकास थापा, तुलसीराम भण्डारी, मणिराम दाहाल, लक्ष्मण पुडासैनी, वुद्ध अनमोल, मोहीणीप्रसाद आचार्य, र आदर्श क्षेत्रीसहित २२ जनालाई पक्राउ गरेको समाजले जनाएको छ ।

पक्राउ परेकाहरुलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । एनसेलको शेयर बिक्री हुँदा कर छली भएको घटनालाई समाजले महाघोटाला र राज्य विरुद्धको अपराध भन्दै आएको छ । र उसले निरन्तर प्रदर्शन पनि गर्दै आएको छ ।

घोटाला प्रकरणमा प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुकै संलग्नताको तथ्य बारम्बार प्रकाशमा आएको भन्दै शान्ति समाजले विश्वसनीय न्यायीक छानविन आयोगको माग गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका