"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अमेरिकाका दुई राज्यको आन्तरिक चुनावमा ट्रम्पलाई प्रतिबन्ध

प्रकाशित मिति :  29 December, 2023 3:45 pm


एजेन्सी । संयुक्त राज्य अमेरिकामा २०२४ मा हुने राष्ट्रपति चुनावको दौडमा रहेका डोनाल्ड ट्रम्पलाई दुई राज्यले प्राइमरी चुनावमा भाग लिन प्रतिबन्ध लगाएको छ। अमेरिकामा पार्टीहरूले आन्तरिक निर्वाचन गरेर उम्मेदवार चयन गर्छन्। ट्रम्पलाई कोलोराडो र मेइन प्रान्तमा पार्टीको आन्तरिक चुनावमा सहभागी हुन रोक लगाइएको समाचार संस्था एपीले जनाएको छ।

कोलोराडोको अदालतले राष्ट्रपतिको उम्मेदवारका लागि ट्रम्प अयोग्य बताउँदै उनलाई आन्तरिक निर्वाचनबाट बाहिरिन आदेश गरेको थियो। लगत्तै मेइन राज्यका निर्वाचन अधिकारीहरूले पनि ट्रम्पलाई त्यहाँ आन्तरिक निर्वाचनमा सहभागी हुन प्रतिबन्ध लगाएको एपीले उल्लेख गरेको छ।

ट्रम्पविरूद्ध २०२० को राष्ट्रपति निर्वाचनको नतिजा उल्ट्याउन प्रयास गरेको लगायत विभिन्न अभियोगमा गत चैतदेखि मुद्दा चलिरहेको छ।कोलोराडो र मेइनले गरेको निर्णयबारे अमेरिकी सर्वोच्च अदालतले फैसला गर्नेछ। उनीहरूको निर्णयलाई सर्वोच्चले सदर गरे ट्रम्पले त्यहाँ आन्तरिक निर्वाचनमा उम्मेदवार बन्न पाउने छैनन्।आन्तरिक निर्वाचनबाट धेरै भोट ल्याउने व्यक्तिलाई रिपब्लिकन पार्टीले राष्ट्रपतिको उम्मेदवार बनाउनेछ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी – अमेरिका र साउदी अरबबीच आणविक सम्झौता भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बुधबार साउदी अरबसँग नागरिक प्रयोजनका

एजेन्सी – बेलायती प्रधानमन्त्री कियर स्टार्मरले सोमबार पदबाट राजीनामा दिएका छन्। भारी बहुमतका साथ निर्वाचित भएको दुई वर्ष पनि नपुग्दै

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम