"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मुख्यमन्त्रीहरुले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

प्रकाशित मिति :  30 December, 2023 5:19 pm


काठमाडौं । संघीयता कार्यान्वयन गराउन मुख्यमन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् । शुक्रबार हेटौंडामा बसेको बैठकले गरेको निर्णय अनुसार मुख्यमन्त्रीहरुले आज बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।

उनीहरूले संघीयता कार्यान्यन र सविधान बमोजिम प्रदेश सरकारलाई अधिकार दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । शुक्रबारको बैठकले संघीयता कार्यान्वयन र प्रदेश सरकारको अधिकारलाई नै जोड दिएको थियो । गत असार १५–१६ गते पोखरामै तय भएको साझा अवधारणा र निर्णयलाई निरन्तरता दिँदै मुख्यमन्त्रीहरको हेटौंडा बैठक सकिएको थियो ।

उनीहरुले प्रहरी समायोजन ऐन, निजामती कर्मचारी ऐन, शिक्षा ऐन, जग्गा प्राप्ति ऐनको अभावमा काम गर्न नसकेको र अर्कोतर्फ साझा अधिकार सूचीका तहगत कार्यविस्तृतीकरण नहुँदा पनि काम गर्न नसकिएको निष्कर्ष निकालेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।