"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रज्ञा प्रतिष्ठानमा कांग्रेसले ४८औं मेलमिलाप दिवस मनाउदै

प्रकाशित मिति :  31 December, 2023 6:25 pm


काठमाडौँ । नेपाली कांग्रेसले सोमबार राष्ट्रिय एकता दिवस मनाउँदैछ। पार्टी संस्थापक बीपी कोइरालाले सुरु गरेको मेलमिलाप दिवसलाई निरन्तरता दिँदै कांग्रेसले यसपटक विमर्श सभा गर्न लागेको हो।

उक्त सभामा लोकतन्त्र प्राप्तिका लागि योगदान दिएका, बृहत शान्ति सम्झौताका पक्षधरसहितका शक्तिलाई निमन्त्रणा दिइएको छ। कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले ४८औं मेलमिलाप दिवस यसअघिको भन्दा भिन्न हुने बताए। उक्त कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुनेछ।

कार्यक्रममा प्रमुख प्रतिपक्षी नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीसहितका नेतालाई बोलाइएको छ। तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई कार्यक्रममै बोलाइएको छैन। निम्तो दिइएको छैन।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त सभापति शेरबहादुर देउवाले फोन गरेर सोमबारको कार्यक्रमका लागि बक्ताको रुपमा सहभागी हुन भनिसकेका छन्। देउवाको फोनपछि कांग्रेस मुख्यालयका अधिकारीले निमन्त्रणा पत्र पनि एमालेसहित विभिन्न दलका शीर्ष नेताको सचिवालयमा पुर्‍याइसकेका छन्।

कांग्रेस प्रचार विभागका प्रमुख विश्वकर्माले रास्वपा र राप्रपाले लोकतान्त्रिक आन्दोलन र नेपालको राजनीतिक परिवर्तनका लागि कुनै योगदान नदिएकोले कार्यक्रममा नबोलाइएको बताए। ‘वक्ता धेरै हुने भएपछि एउटा मापदण्ड बनायौँ। राष्ट्रिय मेलमिलाप भनेको बीपीको विचारलाई कार्यान्वयन गर्न लोकतन्त्र मूल विषय हो,’ उनले भने, ‘ प्रजातन्त्र मूल विषय हो। यसमा लामो योगदान दिनेहरू वक्ता रहने छन्। त्यसमा दल सानो भए पनि नेमकिपाका नारायणमान बिजुक्छें र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीको योगदान छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका