"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रज्ञा प्रतिष्ठानमा कांग्रेसले ४८औं मेलमिलाप दिवस मनाउदै

प्रकाशित मिति :  31 December, 2023 6:25 pm


काठमाडौँ । नेपाली कांग्रेसले सोमबार राष्ट्रिय एकता दिवस मनाउँदैछ। पार्टी संस्थापक बीपी कोइरालाले सुरु गरेको मेलमिलाप दिवसलाई निरन्तरता दिँदै कांग्रेसले यसपटक विमर्श सभा गर्न लागेको हो।

उक्त सभामा लोकतन्त्र प्राप्तिका लागि योगदान दिएका, बृहत शान्ति सम्झौताका पक्षधरसहितका शक्तिलाई निमन्त्रणा दिइएको छ। कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले ४८औं मेलमिलाप दिवस यसअघिको भन्दा भिन्न हुने बताए। उक्त कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुनेछ।

कार्यक्रममा प्रमुख प्रतिपक्षी नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीसहितका नेतालाई बोलाइएको छ। तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई कार्यक्रममै बोलाइएको छैन। निम्तो दिइएको छैन।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त सभापति शेरबहादुर देउवाले फोन गरेर सोमबारको कार्यक्रमका लागि बक्ताको रुपमा सहभागी हुन भनिसकेका छन्। देउवाको फोनपछि कांग्रेस मुख्यालयका अधिकारीले निमन्त्रणा पत्र पनि एमालेसहित विभिन्न दलका शीर्ष नेताको सचिवालयमा पुर्‍याइसकेका छन्।

कांग्रेस प्रचार विभागका प्रमुख विश्वकर्माले रास्वपा र राप्रपाले लोकतान्त्रिक आन्दोलन र नेपालको राजनीतिक परिवर्तनका लागि कुनै योगदान नदिएकोले कार्यक्रममा नबोलाइएको बताए। ‘वक्ता धेरै हुने भएपछि एउटा मापदण्ड बनायौँ। राष्ट्रिय मेलमिलाप भनेको बीपीको विचारलाई कार्यान्वयन गर्न लोकतन्त्र मूल विषय हो,’ उनले भने, ‘ प्रजातन्त्र मूल विषय हो। यसमा लामो योगदान दिनेहरू वक्ता रहने छन्। त्यसमा दल सानो भए पनि नेमकिपाका नारायणमान बिजुक्छें र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीको योगदान छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।