"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रदर्शनस्थलमा मन्त्रीको सवारीले बालकुमारी घटना घट्यो : महामन्त्री थापा

प्रकाशित मिति :  1 January, 2024 1:40 pm


काठमाडौँ ।  सत्तारुढ कांग्रेसका महामन्त्री गगन थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापर्बाहीले ललितपुरको बालकुमारी घटना भएको र त्यहाँ दुईजना युवाको मृत्यु भएको बताएका छन् । पुस १३ गते शुक्रबार भएको घटनामा दुई सुजन राउत र वीरेन्द्र शाहको ज्यान गएको थियो । 

राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले मन्त्री ज्वालाको लापरबाहीले घटना भएको बताए । मन्त्रीको दबाबमा सुरक्षामा खटिएका प्रहरी अधिकारीले काम गर्दा प्रदर्शनस्थलमा मन्त्रीको सवारी भएको थापाको भनाइ थियो ।

‘भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको कुरा छ । पीएसओ प्रहरी अधिकारी हुन्छ । राजनीतिक नेतृत्वले भन्यो भने पीएसओले जिम्मा लिन सक्दैन । त्यहाँको अवस्था घटना हुँदैछ भन्ने थाहा हुँदा हुँदै लापरवाही भएको हो । मन्त्रीको लापरबाहीका कारणले दुईजना युवाको ज्यान गएको हो,’ थापाले भने, ‘त्यो जबरजस्ती गर्ने काम भएको छ मन्त्रीबाट । त्यसको जिम्मेवारी उहाँको हो कि होइन ? छानबिन समितिले त्यो हेर्छ कि हेर्दैन ? राजनीतिक नेतृत्वले कमजोरी गरेको विषय छ ।’

उक्त घटनालाई लिएर गृहमन्त्रालय प्रशासनले कमजोरी गर्‍यो कि गरेन भन्ने कुरा पनि छानबिन समितिले हेर्नुपर्ने थापाको भनाइ थियो । उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पनि जिम्मा लिनुपर्ने बताए । लामो समयदेखि ईपीएसलाई लिएर आन्दोलन र विवाद भइरहेको विषयमा मन्त्री भण्डारीले समन्वय नगरेको थापाले बताए । ‘उसले समाधान खोज्नुपर्ने हो । यसमा श्रम मन्त्रालयको भूमिका कमजोर देखिएको छ,’ थापाले भने ।

थापाले प्रधानमन्त्री कार्यालयको प्राथमिकता के हो ? भन्ने पनि प्रश्न गरेका थिए । उनले प्रधानमन्त्री कार्यालयलाई ईपीएस परीक्षा विवादबारे जानकारी थियो कि थिएन भन्ने प्रश्न गरेका थिए । ‘एकपटक पनि प्रधानमन्त्री कार्यालयले समाधानका लागि पहल गरेको थियो कि थिएन ?,’ उनले प्रश्न गरे ।

थापाले बालकुमारी घटनापछि व्यक्त प्रतिक्रियाले थप घटना नहोउन् भन्नेमा ध्यान दिनुपर्नेतर्फ पनि सचेत गराए । त्यहाँ ज्यान गुमाएका युवाहरूको परिवारको रेखदेख गर्नुपर्ने दायित्व राज्यले लिनुपर्ने पनि बताए ।

त्यस्तै, गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेको निर्णय फिर्ता लिन आग्रह गरेका छन् । ‘माइतीघरको निषेधित क्षेत्र हटाइदिनुस गृहमन्त्रीज्यू । आज धोती दिवस मनाउन सांसदहरू आउनुभएको हो, त्यहाँ पक्राउ हुनुभयो । बल प्रयोग गर्नुपर्यो,’ उनले भने, ‘भोलि त्यहा ठूलो घटना हुन सक्छ । माइतीघर राज्यलाई आफ्ना माग अनुभुति गराउने ठाउँ हो । त्यहाँ निषेधित क्षेत्र तोक्नुको कुनै अर्थ छैन ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशमा सहकार्य गर्ने विषयमा सहमति भएको छ। दुवै दलबीच प्रदेश सरकार

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको