"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गृह प्रशासनले दुई जना युवाको हत्या गरेको हो : सभापति लामिछाने

प्रकाशित मिति :  1 January, 2024 1:59 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृह प्रशासनले दुई जना युवाको हत्या गरेको बताएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्‍था तथा सुशासन समितिमा सोमबार बोल्दै उनले भने, ‘गृहमन्त्रीज्यू, तपाईंलाई म स्पष्ट भन्न चाहन्छु। तपाईं नेतृत्वको गृह प्रशासनले देशमा रोजगारी नपाउँदा विदेशमा गएर पेट पाल्छु, कमाएर परिवार पाल्छु भन्ने आशा बोकेर गएको युवाको हत्या गर्‍यो।’

दुई होनहार युवाहरूको हत्या गरेको महसुस गर्न पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई उनले आग्रह गरे। पूर्वगृहमन्त्रीसमेत रहेका उनले प्रहरी प्रशासनसँग भीडलाई नियन्त्रण गर्न सक्ने क्षमता भएको बताए। तर नेतृत्वको कमीकमजोरीका कारण घटना भएको र त्यस घटनापछि प्रशासनले मन्त्री श्रेष्ठलाई गम्भीरतापूर्वक नलिने उनले बताए।

गृहमन्त्री श्रेष्ठ र प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले गोली कतिखेर चलेको भन्ने यकिन नभएको भनेको भन्दै आलोचना पनि गरेका थिए। उनले गृहमन्त्री श्रेष्ठको नैतिकतामाथि पनि प्रश्न उठाएका थिए। ‘बरू समुन्द्रमा हराएको टाइटानिक भेटिएला तर तपाईंको नैतिकता भेटिन्न, म त्यता जादिनँ,’ उनले भने।

गोली चलेर मानिस ढलिसकेपछि भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको भिडिओहरू बाहिरिएको लामिछानेले बताएका छन्। बालकुमारीमा गत शुक्रबार भएको घटनामा दुई जना युवकको मृत्यु भएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशमा सहकार्य गर्ने विषयमा सहमति भएको छ। दुवै दलबीच प्रदेश सरकार

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको