"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसको मेलमिलाप दिवसले दिएको एकता सन्देश

प्रकाशित मिति :  1 January, 2024 6:18 pm


काठमाडौँ । नेपाली कांग्रेसले सोमबार ४८ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ। यस अवसरमा काठमाडौँको कमलादीमा विमर्श सभा कार्यक्रम आयोजना गरियो। कार्यक्रममा नेकपा माओवादी (केन्द्र), नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, नेपाल समाजवादीलगायतका शीर्ष नेताहरूले राष्ट्रिय मेलमिलापको औचित्य अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए।

नेताहरूले राजतन्त्र र राजतन्त्र पक्षधर नेताहरूको आलोचना गरे। उनीहरूले भूत भइसकेको राजतन्त्र अब नफर्कने भन्दै लोकतन्त्र रक्षाका लागि आफूहरू एकजुट रहेको सन्देश पनि दिए। कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप लिएर स्वदेश फर्केको दिनलाई कांग्रेसले ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ दिवसका रूपमा मनाउँदै आएको छ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भने कार्यक्रममा निम्तो दिएको थिएन। सभामा सभापति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीमा अध्यक्ष डा.बाबुराम भट्टराई, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष चित्रबहादुर केसी, लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरत्‌सिंह भण्डारी, जनता समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठलगायत छन्। साथै कांग्रेसका नेता कार्यकर्ताहरू पनि सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशमा सहकार्य गर्ने विषयमा सहमति भएको छ। दुवै दलबीच प्रदेश सरकार

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको