"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय सभाबारे कांग्रेस र माओवादीका नेताहरूबीच बालुवाटारमा छलफल

प्रकाशित मिति :  2 January, 2024 12:30 pm


काठमाडौँ । बालुवाटारमा नेपाली कांग्रेसका र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबीच छलफल भएको छ। माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि सिट बाँडफाँटका विषयमा मंगलबार बिहान दुई दलका शीर्ष नेताहरूबीच छलफल भएको हो। छलफलमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए।

साथै माओवादीका तर्फबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए। उनीहरूले कुन प्रदेशमा कुन दलको मतभार कति छ भन्नेबारे प्रारम्भिक छलफल गरेका छन्। ‘आज कुन प्रदेशमा को अगाडि छ भन्नेबारे मतभार हेर्ने काम भयो,’ छलफलमा सहभागी कांग्रेसका एक नेताले भने, ‘यसअघि कुन प्रदेशमा कुन दलले लिएको भन्नेबारे पनि हेरियो। अब सत्ता गठबन्धन दलहरूसँग सामूहिक छलफल गरेर सिट बाँडफाँटबारे निर्णय हुन्छ।’

कांग्रेसको पुस १२ देखि पुस १४ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले सत्ता गठबन्धनसँग तालमेल गरी राष्ट्रिय सभा चुनावमा साझा उम्मेदवार तय गर्ने निर्णय गरेको थियो। सरकारबाट सिफारिस भई राष्ट्रपतिबाट मनोनीतसहित २० सदस्य रिक्त हुने भएपछि माघ ११ गते चुनाव तोकिएको छ। उम्मेदवारको मनोनयन भने पुस २३ गते गर्ने तालिका छ। कांग्रेसभित्र मतभार आफूहरूको धेरै भएको भन्दै कम्तीमा १० सिट लिनुपर्ने माग छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले चालु आर्थिक वर्षमा संघीय संसद्मा पेस गर्नका लागि १२१ वटा विधेयकहरूको प्राथमिकता निर्धारण

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा