"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय सभाबारे कांग्रेस र माओवादीका नेताहरूबीच बालुवाटारमा छलफल

प्रकाशित मिति :  2 January, 2024 12:30 pm


काठमाडौँ । बालुवाटारमा नेपाली कांग्रेसका र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबीच छलफल भएको छ। माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि सिट बाँडफाँटका विषयमा मंगलबार बिहान दुई दलका शीर्ष नेताहरूबीच छलफल भएको हो। छलफलमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए।

साथै माओवादीका तर्फबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए। उनीहरूले कुन प्रदेशमा कुन दलको मतभार कति छ भन्नेबारे प्रारम्भिक छलफल गरेका छन्। ‘आज कुन प्रदेशमा को अगाडि छ भन्नेबारे मतभार हेर्ने काम भयो,’ छलफलमा सहभागी कांग्रेसका एक नेताले भने, ‘यसअघि कुन प्रदेशमा कुन दलले लिएको भन्नेबारे पनि हेरियो। अब सत्ता गठबन्धन दलहरूसँग सामूहिक छलफल गरेर सिट बाँडफाँटबारे निर्णय हुन्छ।’

कांग्रेसको पुस १२ देखि पुस १४ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले सत्ता गठबन्धनसँग तालमेल गरी राष्ट्रिय सभा चुनावमा साझा उम्मेदवार तय गर्ने निर्णय गरेको थियो। सरकारबाट सिफारिस भई राष्ट्रपतिबाट मनोनीतसहित २० सदस्य रिक्त हुने भएपछि माघ ११ गते चुनाव तोकिएको छ। उम्मेदवारको मनोनयन भने पुस २३ गते गर्ने तालिका छ। कांग्रेसभित्र मतभार आफूहरूको धेरै भएको भन्दै कम्तीमा १० सिट लिनुपर्ने माग छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशमा सहकार्य गर्ने विषयमा सहमति भएको छ। दुवै दलबीच प्रदेश सरकार

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको