"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय सभा सिट बाँडफाँटबारेमा कांग्रेस-माओवादीबीच आज पनि छलफल

प्रकाशित मिति :  3 January, 2024 11:28 am


काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन नजिकिँदै गर्दा सत्ताघटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले छलफललाई तीव्रता दिएका छन्। प्रधानमन्त्रीको निवास बालुवाटारमा बुधबार बिहान करिब आधा घन्टा छलफल गरेका दुई दलका शीर्ष नेताहरूले आजै अपराह्न ३ बजे पुन: छलफल गर्ने तयारी गरेका छन्। 

‘बिहान लामो समय छलफल भएन, प्रधानमन्त्रीज्यूको व्यस्तता रहेछ,’ छलफलमा सहभागी एक नेताले भने, ‘आजै अपराह्न ३ बजे पुन: छलफल गर्ने कुरा भएको छ।’ कांग्रेसका तर्फबाट छलफलमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता रमेश लेखक तथा माओवादीबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनबीच छलफल भएको हो।

सत्ता गठबन्धनले माघ ११ मा हुने चुनावका लागि साझा उम्मेदवार तय गरेर जाने बताएका छन्। सत्ता गठबन्धनमा रहेका अन्य दलहरूसँग सामूहिक रूपमा छलफल गर्नुअघि कांग्रेस र माओवादीबीच छलफल भएको हो। मंगलबार बिहान पनि बालुवाटारमा कांग्रेस र माओवादीका शीर्ष नेताहरूबीच छलफल भएको थियो। अहिलेसम्मको छलफलमा कुन प्रदेशमा कुन दलको मतभार कति छ भन्नेलगायत विषयमा मात्र छलफल भएको छ। 

कुन दलले कति सिट लिने भन्ने विषयमा छलफल भइनसकेको नेताहरूले बताएका छन्। राष्ट्रिय सभाका १९ सिट रिक्त हुने भएकोले चुनाव गर्न लागिएको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल