"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय सभा सिट बाँडफाँटबारेमा कांग्रेस-माओवादीबीच आज पनि छलफल

प्रकाशित मिति :  3 January, 2024 11:28 am


काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन नजिकिँदै गर्दा सत्ताघटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले छलफललाई तीव्रता दिएका छन्। प्रधानमन्त्रीको निवास बालुवाटारमा बुधबार बिहान करिब आधा घन्टा छलफल गरेका दुई दलका शीर्ष नेताहरूले आजै अपराह्न ३ बजे पुन: छलफल गर्ने तयारी गरेका छन्। 

‘बिहान लामो समय छलफल भएन, प्रधानमन्त्रीज्यूको व्यस्तता रहेछ,’ छलफलमा सहभागी एक नेताले भने, ‘आजै अपराह्न ३ बजे पुन: छलफल गर्ने कुरा भएको छ।’ कांग्रेसका तर्फबाट छलफलमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता रमेश लेखक तथा माओवादीबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनबीच छलफल भएको हो।

सत्ता गठबन्धनले माघ ११ मा हुने चुनावका लागि साझा उम्मेदवार तय गरेर जाने बताएका छन्। सत्ता गठबन्धनमा रहेका अन्य दलहरूसँग सामूहिक रूपमा छलफल गर्नुअघि कांग्रेस र माओवादीबीच छलफल भएको हो। मंगलबार बिहान पनि बालुवाटारमा कांग्रेस र माओवादीका शीर्ष नेताहरूबीच छलफल भएको थियो। अहिलेसम्मको छलफलमा कुन प्रदेशमा कुन दलको मतभार कति छ भन्नेलगायत विषयमा मात्र छलफल भएको छ। 

कुन दलले कति सिट लिने भन्ने विषयमा छलफल भइनसकेको नेताहरूले बताएका छन्। राष्ट्रिय सभाका १९ सिट रिक्त हुने भएकोले चुनाव गर्न लागिएको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू