"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारतीय विदेशमन्त्री जयशंकर विहिवार नेपाल भ्रमणमा आउने

प्रकाशित मिति :  3 January, 2024 11:31 am


काठमाडौं । नेपाल र भारतबीच आगामी बिहीबारदेखि सुरु हुने मन्त्रिस्तरीय संयन्त्रको बैठकको तयारी बारे परराष्ट्र मन्त्रालयमा छलफल भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार मन्त्रालयमा पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्रसचिव र भारतका लागि पूर्वराजदूतहरूसँग संयन्त्रको बैठकबारे छलफल गरेका हुन् ।

संयन्त्रको बैठकमा सहभागी हुन दुई दिने भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार बिहान नेपाल आइपुग्दै छन् ।छलफलका क्रममा पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्रसचिव र भारतका लागि पूर्वराजदूतहरूले नेपाल–भारत सम्बन्धका विभिन्न कार्यसूचीहरूमा सुझाव दिएका थिए ।

भारतसँगको नेपालको सम्बन्ध महत्वपूर्ण रहेकोमा जोड दिँदै उनीहरूले सम्बन्धलाई मित्रवत् सुमधुर र पारस्परिक हितमा आधारित साझेदारीका रूपमा अगाडि बढाउँदै लैजानुपर्ने सुझाव दिए ।

बढ्दो व्यापार घाटाका सम्बन्धमा भारतमा नेपालको निर्यात वृद्धिका उपाय पहिल्याउनुपर्ने, विद्युत् व्यापारलाई विस्तार गर्नुपर्ने, क्रस बोर्डर पूर्वाधार सुदृढ गर्नुपर्ने, विगतमा थालिएका विकास आयोजनाहरू समयमै सम्पन्न गर्न जोड दिनुपर्ने, हवाइ रुटलगायतका विषय सम्बोधन गर्नुपर्ने उनीहरूको सुझाव थियो ।

मन्त्रालयमा सम्पन्न छलफलमा पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा, पूर्वपरराष्ट्रसचिवहरू मधुरमण आचार्य, अर्जुन थापा, दुर्गा भट्टराई, भरतराज पौड्याल, पूर्वराजदूत दुर्गेशमान सिंहलगायतको सहभागिता थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको