"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चन्द्रागिरिका इन्जिनियर पन्तविरूद्ध भ्रष्टाचारको मुद्दा

प्रकाशित मिति :  7 January, 2024 4:28 pm


काठमाडौँ । चन्द्रागिरि नगरपालिका वडा नं. १४ को कार्यालय नयाँ नैकापमा कार्यरत असिष्टेन्ट सव-इन्जिनियर विजया लक्ष्मी पन्तविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले आइतबार पन्तविरूद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

उनले भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र दिन सेवाग्राहीसँग घुस माग गरेका थिए। उक्त सूचना पाएपछि खटिएको टोलीले उनलाई २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो। उनले घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले आइतबार मुद्दा दायर गरेको हो।

अख्तियारले २५ हजार रुपैयाँ बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार तीन महिना कैद र जरिवाना मागदाबी गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द