"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति पौडेल र सार्कका महासचिव सरवारबीच भेटवार्ता

प्रकाशित मिति :  10 January, 2024 4:42 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव मोहम्मद गोलाम सरवारले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार भएको भेटवार्तामा राष्ट्रपति पौडेलले सार्कको मुख्य उद्देश्यसँगै अहिले देखापरेको जलवायु परिवर्तनका असरका कारण हिन्दकुश हिमालय पर्वत क्षेत्रमा हिमाल बचाउनुपर्ने र पानीको स्रोत जोगाउनुपर्ने नयाँ चुनौती थपिएको बताए ।

उनले त्यो चुनौती सामना गर्न सार्क क्रियाशील हुन जरुरी रहेको धारणा राखे । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटमा राष्ट्रपति पौडेलले यस क्षेत्रमा एक दशमलव नौ अर्वभन्दा बढी जनता बसोबास गर्ने भएकाले तीनको जनजीवन सहज तुल्याउन सार्क मुलुकहरुले साझा चुनौतीको रुपमा रहेको भन्दै जलवायु परिवर्तन न्यूनिकरणका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले नेपाल सार्क वडापत्रमा अन्तरनिहीत सिद्धान्त एवम् लक्ष्यप्रति सदैव प्रतिवद्ध रहँदै आएको तथा दक्षिण एशियाली क्षेत्रको आर्थिक वृद्धि, सामाजिक प्रगति एवम् सांस्कृतिक विकासलाई तिव्रता दिन सार्क प्रभावकारी माध्यम हुने विश्वास व्यक्त गरे । उनले अवरुद्ध सार्क शिखर सम्मेलन आयोजना गर्न छिट्टै सहमति जुट्ने विश्वास समेत व्यक्त गरे ।

सार्क महासचिव सरवारले जलवायु परिवर्तनको नयाँ चुनौती सामना गर्न सार्क सदस्यहरुबीच एक आपसमा सहयोग आदानाप्रदानका लागि सचिवालय क्रियाशील रहने उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन् । शुक्रबार सम्पन्न निर्वाचनमा उनी पार्टीको महिलातर्फको

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा

काठमाडौँ – सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी गरेको छ। बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ