"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति राष्ट्रप्रमुखको सम्मान

प्रकाशित मिति :  12 January, 2024 11:30 am


काठमाडौं । पुष २७ गतेलाई पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसका रुपमा मनाइन्छ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज (शुक्रबार)  विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

दिवसको अवसरमा शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिन्छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्झिने विशेष दिनका रुपमा यस दिनलाई लिने गरिन्छ । यसैबीच, राष्ट्रप्रमुखले राष्ट्रनिर्मातालाई सम्मान गरेका छन् ।

राष्ट्रपति आज (शुक्रबार) बिहान रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरे । राष्ट्रपति पौडेलले देशको प्रशासनिक मुख्यालय सिंहदरबारको पश्चिम गेट अगाडिको पृथ्वीनारायण शाहको शालिकमा पुष्पगुच्छा अर्पण गर्दै सम्मान व्यक्त गरेका हुन् ।

उक्त विशेष अवसरमा नेपाली सेनाको टोलीले सलामी दिएको थियो । यस विशेष दिनको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू