"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति राष्ट्रप्रमुखको सम्मान

प्रकाशित मिति :  12 January, 2024 11:30 am


काठमाडौं । पुष २७ गतेलाई पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसका रुपमा मनाइन्छ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज (शुक्रबार)  विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

दिवसको अवसरमा शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिन्छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्झिने विशेष दिनका रुपमा यस दिनलाई लिने गरिन्छ । यसैबीच, राष्ट्रप्रमुखले राष्ट्रनिर्मातालाई सम्मान गरेका छन् ।

राष्ट्रपति आज (शुक्रबार) बिहान रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरे । राष्ट्रपति पौडेलले देशको प्रशासनिक मुख्यालय सिंहदरबारको पश्चिम गेट अगाडिको पृथ्वीनारायण शाहको शालिकमा पुष्पगुच्छा अर्पण गर्दै सम्मान व्यक्त गरेका हुन् ।

उक्त विशेष अवसरमा नेपाली सेनाको टोलीले सलामी दिएको थियो । यस विशेष दिनको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल