"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुस्त रहेका २१ विकास आयोजनामा रास्वपाले पदयात्रा गर्ने

प्रकाशित मिति :  14 January, 2024 6:00 pm


फाईल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्माणको काम सुस्त रहेका २१ वटा विकास आयोजनामा पदयात्रा गर्ने भएको छ । विभिन्न मितिमा ठेक्का लागे पनि निर्माण निकै सुस्त रहेका आयोजना छिटो पूरा गर्न दबाब दिने उद्देश्यले पदयात्रा गर्न लागिएको रास्वपाका उपसभापति डीपी अर्यालले जानकारी दिए । कुन कुन आयोजनामा पदयात्रा गर्ने भन्ने टुंगो रास्वपाको ३ माघमा बस्ने केन्द्रीय समितिले लगाउनेछ ।

‘अलपत्र भएका जुन सुकै आयोजना पनि हुनसक्छ । पदयात्रा गर्ने सडक आयोजना मात्रै होइन, उपसभापति अर्यालले अनलाइनखबरसँग भने, ‘पटक पटक अवधि थपिएको, सम्पन्न हुन नसकेको योजनाहरुमा पदयात्रा गरेर सरकारलाई खबरदारी गर्ने तयारी हो ।’

पदयात्रामा केन्द्रीय नेता र सांसदहरु सहभागी हुने अर्यालले जानकारी दिए । ‘सांसदसहित नेताहरु को कहाँ जाने निर्णय बैठकबाट लिन्छौं’, उनले भने ।

यसअघि शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले २१ वटा आयोजनामा पदयात्रा गर्ने घोषणा गरेका थिए । उनले पार्टीका २१ जना सांसदले एक एक वटा आयोजनाको जिम्मा लिएर पदयात्रा गर्ने बताएका थिए ।

यसअघि पुस ९ गतेदेखि रास्वपाले विस्तारको काम भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल खण्डको ११३ किलोमिटरको पदयात्रा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।