"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राहुल गान्धीको नेतृत्वमा भारत जोडो अभियान

प्रकाशित मिति :  14 January, 2024 6:10 pm


काठमाडौं । भारतीय कांग्रेसले नेता राहुल गान्धीको नेतृत्वमा थालेको भारत जोडो अभियानको दोस्रो चरण आजदेखि सुरु गरेको छ । दोस्रो चरणको यो अभियानलाई ‘भारत जोडो न्याय यात्रा’ नाम दिइएको छ । मणिपुरको थौबल जिल्लाबाट दोस्रो चरणको अभियान सुरु भएको छ । मणिपुरमा आठ महिना अगाडि भड्किएको जातीय हिंसाबाट थौबल पनि प्रभावित भएको थियो ।

थौबलको खोंगजोम युद्ध स्मारकमा श्रद्धाञ्जली अर्पण गरेपछि गान्धीले अभियान सुरु गर्नेछन् । सन् १८९१ मा अंग्रेज-मणिपुर युद्धमा मारिएकाहरुको सम्झनामा खोंगजोममा युद्ध स्मारक बनाइएको हो । १४ जनवरीदेखि २० मार्चसम्म चल्ने दोस्रो चरणको अभियान यात्रा पूर्वमा मणिपुरदेखि पश्चिममा मुम्बईसम्म चल्ने छ । यस क्रममा राहुल गान्धी १४ राज्यका ८५ जिल्लामा पुग्ने छन् ।

यसअघि भारतीय कांग्रेसले पहिलो चरणको भारत जोडो अभियान सन् २०२२ को सेप्टेम्बर ७ मा कन्याकुमारीदेखि सुरु गरेको थियो । यो यात्रा १३६ दिनपछि जम्मु कश्मिर पुगेर समापन भएको थियो । मूल्यवृद्धि, बेरोजगारी र भाजपाको विभाजनकारी राजनीतिविरुद्धसबैलाई एकजुट बनाउने उद्देश्यले कांग्रेसले ‘भारत जोडो’ अभियान सुरु गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन