"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रास्वपाले तयार पार्‍यो २७ अलपत्र आयोजनाको दबाब यात्रा सुचि

प्रकाशित मिति :  18 January, 2024 11:55 am


काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २७ अलपत्र आयोजनाको पैदल यात्रा गर्ने भएको छ। समयमै निर्माण पूरा गर्न ती रुग्ण आयोजनामा पैदल यात्रा गर्न लागिएको पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिए। बुधबार बसेको केन्द्रीय कमिटी बैठकले रुग्ण आयोजनाको पहिचान गरी दबाब यात्रा गर्ने निष्कर्ष निकालेको उनले बताए।

‘रास्वपाले आफ्नो पार्टी अभियानअन्तर्गत मिसन ८० मा विकास आयोजनामा भइरहेको ढिलाइबारे नागरिकलाई सचेतना र सरकारलाई खबरदारी अभियान सुरू गरेको छ। अभियानको सुरूआतमा नारायणगढ–बुटवल दबाब यात्रा गरिएको थियो,’ उनले भने, ‘बैठकले सो अभियानलाई निरन्तरता दिने निर्णय गर्दै केही आयोजना केन्द्रित दबाब कार्यक्रम गर्ने निश्कर्ष निकालेको छ,’ उनले भने।

दबाब कार्यक्रम गर्ने सम्भावित आयोजनाः
—गल्छी–त्रिशुली– मैलुङ–स्याफ्रुबेंसी– रसुवागढी सडक (दुई खण्ड)
—मेलम्ची खानेपानी आयोजना
—११ किलो–छेपेटार–भालुस्वारा–वारपाक सडक टनकपुर लिंक रोड
—हुलाकी राजमार्ग (बेलौरी पचुई क्षेत्र)
—भेडेटार रबि राँके सडक
—कमला पुल
—जनकपुर परिक्रमा सडक
—कालिगण्डकी करिडरअन्तर्गत् म्याग्दी सडक खण्ड
—मध्यपहाडी लोकमार्ग अन्तर्गतको बुर्तिबाङ–बाग्लुङ सडक खण्ड
—मध्यपहाडी लोकमार्गअन्तर्गत् दैलेख खण्ड
—घोराही तुलसीपुरको सडक
—तिनकुनेस्थित बागमती पुल
—काठमाडौंग्वार्को फ्लाइओभर
—धनगढी–दिपायल फास्ट ट्रयाक
—काठमाडौं– मधेस द्रुतमार्ग
—चितवन नारायणगढ बजारको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको सडक
—घुमाउने पुल, सडक स्तरोन्नति (तनहुँ—चितवन)
—मकैसिंह पुल, गोर्खा
—नागढुंगा–मुग्लिन सडक स्तरोन्नति
—त्रियोगा पुल, उदयपुर
—धरहरा, काठमाडौँ
—भेरी बबई डाइभर्जन
—सिद्धबाबा सुरुङ मार्ग
—गौतमबुद्ध÷पोखरा विमानस्थल
—पासाङ ल्हामु राजमार्ग (काठमाडौं—त्रिशुली)
—दमौली—पोखरा सडकखण्ड



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशमा सहकार्य गर्ने विषयमा सहमति भएको छ। दुवै दलबीच प्रदेश सरकार

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका-३० का लेखा अधिकृत (छैटौँ) उद्धव भट्टराईलाई २१ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। आयोगका

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग