"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री प्रचण्ड युगान्डामा, सम्मेलनलाई आज सम्बोधन गर्दै

प्रकाशित मिति :  19 January, 2024 11:16 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार पूर्वी अफ्रिकी मुलुक युगान्डा गएका छन् । असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९औँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री युगान्डा गएका हुन् ।

असंलग्न राष्ट्रहरूको शिखर सम्मेलन ५ र ६ माघमा युगान्डाको राजधानी कम्पालामा आयोजना हुनेछ । शुक्रबार प्रधानमन्त्रीले सम्मेलनलाई सम्बोधन गर्नेछन् । सम्मेलनका क्रममा प्रधानमन्त्रीले विभिन्न देशका नेताहरूसँग साइडलाइन वार्ता गर्नेछन् । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल ७ माघमा स्वदेश फर्किनेछ ।

नेपाल असंलग्न आन्दोलनको संस्थापकमध्ये एक हो । नेपालले सबै सम्मेलनमा सहभागिता जनाउँदै आएको छ । हाल युगान्डा असंलग्न आन्दोलनका सदस्य मुलुकहरूको अध्यक्ष हो । सन् २०२२ देखि २०२५ सम्म युगान्डा अध्यक्ष रहनेछ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी