"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री प्रचण्ड युगान्डामा, सम्मेलनलाई आज सम्बोधन गर्दै

प्रकाशित मिति :  19 January, 2024 11:16 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार पूर्वी अफ्रिकी मुलुक युगान्डा गएका छन् । असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९औँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री युगान्डा गएका हुन् ।

असंलग्न राष्ट्रहरूको शिखर सम्मेलन ५ र ६ माघमा युगान्डाको राजधानी कम्पालामा आयोजना हुनेछ । शुक्रबार प्रधानमन्त्रीले सम्मेलनलाई सम्बोधन गर्नेछन् । सम्मेलनका क्रममा प्रधानमन्त्रीले विभिन्न देशका नेताहरूसँग साइडलाइन वार्ता गर्नेछन् । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल ७ माघमा स्वदेश फर्किनेछ ।

नेपाल असंलग्न आन्दोलनको संस्थापकमध्ये एक हो । नेपालले सबै सम्मेलनमा सहभागिता जनाउँदै आएको छ । हाल युगान्डा असंलग्न आन्दोलनका सदस्य मुलुकहरूको अध्यक्ष हो । सन् २०२२ देखि २०२५ सम्म युगान्डा अध्यक्ष रहनेछ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू