"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सभामुख घिमिरेले गरे विषयगत समितिका सभापतिसँग छलफल

प्रकाशित मिति :  21 January, 2024 12:19 pm


काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरुसँग संयुक्त छलफल गर्दैछन् । छलफल बिहान ११ बजे सभामखुको कार्यकक्षमा हुन लागेको हो ।

प्रतिनिधि सभा अन्तर्गतका १० वटा विषयगत समितिहरु छन् । ती समितिमा रहेका विधेयकहरुको अवस्था लगायतका विषयमा सभामुख घिमिरेले छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ । सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले भने, ‘समितिमा रहेका विधेयकको अवस्था कस्तो छ र आगामी संसद अधिवेशनलाई कसरी विजनेस दिन सकिन्छ भन्ने विषयमा छलफल गर्न लाग्नु भएको हो ।’

सरकारले यही माघ तेस्रो साता संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ । त्यसलाई प्रभावकारी बनाउने विषयमा सभामुख घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्न लागेका हुन् । संघीय संसदको यसअघि सम्पन्न वर्षे अधिवेशनयता प्रतिनिधि सभामा निर्माण व्यवसायसँग सम्बन्धित एउटा मात्रै विधेयक दर्ता भएको छ ।

हाल प्रतिनिधि सभामा विद्युतीय व्यापार विधेयक, राष्ट्रिय मर्यादासँग सम्बन्धित विधेयक र सम्पती शुद्धीकरणसँग सम्बन्धित विधेयक गरेर ३ वटा मात्रै विधेयक अगाडि बढ्नसक्ने अवस्थामा रहेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

राष्ट्रिय सभामा भने हालसम्म कुनै पनि नयाँ विधेयक दर्ता नभएको प्रवक्ता गिरीले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका