"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मोदीले गरे अयोध्याको राम मन्दिरमा प्राणप्रतिष्ठा

प्रकाशित मिति :  22 January, 2024 5:19 pm


एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तरप्रदेशको अयोध्यामा निर्मित राम मन्दिरमा रामको बालस्वरूप मूर्तिको प्राणप्रतिष्ठा गरेका छन् ।अयोध्यामा आज आयोजित विशेष समारोहमा रामलला (बाल्यकालीन राम)को मूर्ति प्राणप्रतिष्ठा भएको हो । प्राणप्रतिष्ठामा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)का प्रमुख डा. मोहन भागवत, उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, उत्तरप्रदेशका राज्यपाल आनन्दीवेन पटेल पनि सहभागी थिए । 

अयोध्यामा आयोजित कार्यक्रममा नेपालसहित विश्वभरबाट साधुसन्तलाई निमन्त्रणा गरिएको थियो । हिन्दूधर्मका विभिन्न सम्प्रदाय, मुस्लिम र क्रिश्चियन धर्मका अगुवा गरी सात हजारजना प्राणप्रतिष्ठामा सहभागी भएका थिए । राम मन्दिरपरिसरमा साधुसन्तलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले मन्दिरको प्राणप्रतिष्ठालाई नयाँ कालचक्रको उदभव भनेका छन् । 

‘जनवरी २२ क्यालेन्डरको एउटा मिति मात्र होइन, नयाँ कालचक्रको उदभव हो । मानिसहरूले अबको हजारौँ वर्षपछि पनि यो क्षण र यो मितिको चर्चा र सम्झना गरिरहनेछन्,’ मोदीले भने । उनले प्राणप्रतिष्ठा भएको क्षणलाई विजयको क्षण नभई विनयको क्षण रहेको पनि व्याख्या गरे । 

‘आज भारतीय समाजको परिपक्वताको क्षण हो । यो सामान्य समय होइन, नयाँ कालचक्र लामो समयसम्म रहने अमिट स्मृति रेखा हो,’ उनले भने । उनले राम भारतीयहरूको मात्र नभएर सबैको रहेको तथा वर्तमानका लागि मात्र नभएर युगौँसम्मका लागि भएको पनि बताए । 

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अयोध्यालाई आधुनिक स्थान बनाउने उद्घोष गरे । ‘यहाँको विकासमा हजारौँ करोड खर्च हुनेछ । अयोध्यालाई आधुनिक नगरी बनाइनेछ,’ योगीले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा