"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद अधिवेशन २२ माघमा बोलाउन सरकारको सिफारिस

प्रकाशित मिति :  23 January, 2024 7:43 pm


काठमाडौँ । सरकारले संघीय संसद्‌को हिउँदे अधिवेशन यही माघ २२ गते अपराह्न ४ बजे आहृवान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बोलाउने राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले भनिन्, ‘२०८० माघ २२ गते ४ बजे संघीय सांसदको दुवै सदनको अधिवेशन आहृवान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको छ ।’

अधिवेशनबाट सरकारले सत्य निरुपण तथा मेलमिला आयोग विधेयक, निजामती कर्मचारी सेवा, शिक्षालगायत विधेयक अघि बढाउने सरकारको तयारी छ ।

बजेट अधिवेशन असार १८ मा अन्त्य भएको थियो ।

प्रवक्ता शर्माले सरकारले राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको संयोजकमा डा. असिम भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको बताइन् । राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको पद लामो समयदेखि खाली थियो । उनले राष्ट्रिय खेलकुद विकास नियमावली ०७९ को नियम १६ को उपनियम १ को खण्ड (क) बमोजिम मनोनयन गर्ने निर्णय गरिएको प्रस्ट पारिन् ।

जापान सरकारबाट कोटेश्वर इन्टरसेक्सन इम्पूवमेन्ट आयोजना कार्यान्वयनको लागि प्रस्तावित ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३१ अर्ब २ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न टोली गठन गर्ने निर्णय भएको उनले बताइन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी