"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेविसंघले ‘रोबोटिक वार’ प्रतियोगिता आयोजना गर्ने

प्रकाशित मिति :  24 January, 2024 3:53 pm


काठमाडौँ । नेपाल विद्यार्थी संघले अन्तर्राष्ट्रियस्तरको रोबोटिक वार ‘विश्वकर्मा ब्याटल अफ टाइटन्स-२’ प्रतियोगिता सञ्चालन गर्ने भएको छ । प्रतियोगिता माघ १३ देखि १५ गतेसम्म हुनेछ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेबिसंघका अध्यक्ष दुजाङ शेर्पाले नेविसंघको आयोजनामा काठमाडौंको दशरथ रङ्गशालामा ‘विश्वकर्मा ब्याटल अफ टाइटन्स-२’ हुने बताए । 

नेपालको संविधानलाई अनुशरण गर्दै प्रविधिसँग अभ्यस्त वर्तमान युग सापेक्ष नीति तथा कार्यक्रममार्फत विद्यार्थीलाई अनुसन्धान, सृजना, आविष्कारसँग जोड्ने ध्येयले प्रतियोगिता आयोजना गर्न लागिएको केन्द्रीय सदस्य नारण पाण्डेले जानकारी दिए ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका १८ वटा समूहले प्रतिष्पर्धा गर्नेछन् । तीन दिने कार्यक्रमका लागि आएका अतिथिहरुलाई संघले खानासहित आवासको सुविधा समेत उपलब्ध गराउने जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई साढे लाख, दोस्रो हुनेलाई डेढ लाख र अन्य श्रेणीमा विजयी हुनेलाई १ लाख रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार