"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति पौडेल र अष्ट्रेलियाका राजदूतबिच भेटवार्ता

प्रकाशित मिति :  25 January, 2024 6:45 pm


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा नेपाल र अस्ट्रेलियाबिचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले दक्षिण–पूर्वी एसिया तथा प्रशान्त क्षेत्रको समृद्ध अर्थतन्त्रको हैसियतले मात्र नभई विश्व आर्थिक मञ्चमा अस्ट्रेलियाको महत्त्वपूर्ण उपस्थिति रहेकाले नेपालजस्ता भूपरिवेष्टित र अल्पविकसित मुलुकको सामाजिक एवं आर्थिक विकासमा अस्ट्रेलियाको सहयोग आगामी दिनमा अझ वृद्धि हुने विश्वास व्यक्त गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन् । शुक्रबार सम्पन्न निर्वाचनमा उनी पार्टीको महिलातर्फको

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा

काठमाडौँ – सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी गरेको छ। बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ