"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मुड्केचुलाका तत्कालीन प्रशासकीय अधिकृत सहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  25 January, 2024 6:50 pm


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको मुड्केचुला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र कार्यवाहक वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा मड्केचुला गाउँपालिका- ८ स्थित घुम्चो खोलादेखि महादेवसम्म सडक निर्माण योजनामा नगरेको कामको पनि उपभोक्ता समितिलाई रकम भुक्तानी गरेको आरोपमा अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, इन्जिनियर देवराज रावत र सब-इन्जिनियर दिप नारायण यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

त्यस्तै मुड्केचुला गाउँपालिका- ८ का तत्कालिन कार्यवाहक वडाध्यक्ष धनबहादुर रोकाया, कार्यपालिका सदस्य रामकुमार नेपाली (दमाई), वडा प्राविधिक (असिस्टेन्ट सब-इन्जिनियर) इशारा बुढाविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले घुम्चो खोलादेखि महादेवसम्म सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मानबहादुर रोकाया र कोषाध्यक्ष निर्मला रोकायाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उपभोक्ता समिति र गाउँपालिकाबीच भएको सम्झौता अनुसारको लागत अनुमान बमोजिम काम नगरेको र थोरै काम गरेकामा पनि धेरै काम गरेको भनी प्राविधिक मूल्याङ्‍कन सहितको नापी किताबमा प्रमाणित गरी काम सम्पन्न भएको प्रतिवेदन तयार पारिएको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

यसरी उनीहरुले गाउँपालिकाको १० लाख ९७ हजार ८५२ रुपैयाँ २९ पैसा हानिनोक्सानी पुर्‍याएको भन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द