"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मुड्केचुलाका तत्कालीन प्रशासकीय अधिकृत सहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  25 January, 2024 6:50 pm


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको मुड्केचुला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र कार्यवाहक वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा मड्केचुला गाउँपालिका- ८ स्थित घुम्चो खोलादेखि महादेवसम्म सडक निर्माण योजनामा नगरेको कामको पनि उपभोक्ता समितिलाई रकम भुक्तानी गरेको आरोपमा अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, इन्जिनियर देवराज रावत र सब-इन्जिनियर दिप नारायण यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

त्यस्तै मुड्केचुला गाउँपालिका- ८ का तत्कालिन कार्यवाहक वडाध्यक्ष धनबहादुर रोकाया, कार्यपालिका सदस्य रामकुमार नेपाली (दमाई), वडा प्राविधिक (असिस्टेन्ट सब-इन्जिनियर) इशारा बुढाविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले घुम्चो खोलादेखि महादेवसम्म सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मानबहादुर रोकाया र कोषाध्यक्ष निर्मला रोकायाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उपभोक्ता समिति र गाउँपालिकाबीच भएको सम्झौता अनुसारको लागत अनुमान बमोजिम काम नगरेको र थोरै काम गरेकामा पनि धेरै काम गरेको भनी प्राविधिक मूल्याङ्‍कन सहितको नापी किताबमा प्रमाणित गरी काम सम्पन्न भएको प्रतिवेदन तयार पारिएको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

यसरी उनीहरुले गाउँपालिकाको १० लाख ९७ हजार ८५२ रुपैयाँ २९ पैसा हानिनोक्सानी पुर्‍याएको भन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ