"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समुदायमा कांग्रेस अभियान सुरु, केन्द्रीय प्रतिनिधि खटिए

प्रकाशित मिति :  28 January, 2024 12:15 pm


काठमाडौं । नेपाली कांग्रेसले समुदायमा कांग्रेस अभियानका लागि जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि खटाएको छ । देशका ७७ जिल्लामध्ये हिमाली १० जिल्ला छाडेर अन्य जिल्लामा अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाएको कांग्रेसले जनाएको छ । पदाधिकारीहरु भने केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका छैनन् ।

जिल्लामा खटिएकाहरुले १५ गतेसम्म पार्टीको आन्तरिक काम गर्नेछन् । १६ गते देशभरका वडाहरुका कार्यक्रम गरेर कांग्रेसले समुदायमा कांग्रेस अभियान सुरु गर्नेछ । त्यसपछि २६ गतेसम्म अभियान अन्तर्गतका विभिन्न कार्यक्रमहरु हुनेछन् । २६ माघमा कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको स्मृति दिवसमा यो अभियान समाप्त हुने कांग्रेस नेताहरुले बताएका छन् ।

चिसो मौसममा अभियान सञ्चालन गर्न कठिन हुने भन्दै १० वटा हिमाली जिल्लामा भने प्रतिनिधि खटाइएको छैन । ती १० जिल्लामा सोलुखुम्बु, खोटाङ, मनाङ, मुस्ताङ, डोल्पा,जुम्ला, मुगु, हुम्ला, कालीकोट र दैलेख जिल्लामा केन्द्रीय प्रतिनिधि खटिएका छैनन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशमा सहकार्य गर्ने विषयमा सहमति भएको छ। दुवै दलबीच प्रदेश सरकार

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको