"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मालदिभ्सको संसदमा सत्ता पक्ष र प्रतिपक्षीबीच झडप

प्रकाशित मिति :  29 January, 2024 12:18 pm


एजेन्सी । मालदिभ्सको संसदमा झडप भएको छ । विपक्षी र सत्ता पक्षका सांसदबीच भएको झडपमा परी केही सांसद घाइते समेत भएका छन् । चीनसँग निकट प्रधानमन्त्री मोहम्मद मुइज्जु नेतृत्वको गठबन्धन सरकारमा ३ मन्त्री र एक महान्यायाधिवक्ता नियुक्तिको प्रस्तावमा भारतसँग निकट प्रमुख प्रतिपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले विरोध जनाएपछि झडप भएको हो ।

प्रस्तावित मन्त्रीहरुको नाम संसदबाट पास गर्ने विषय नै झडपको कारण भएको बीबीसीले जनाएको छ । यो विवाद यति धेरै बढ्यो कि सत्ता पक्ष र प्रतिपक्षीबीच हात हालाहाल नै भयो । कुटपिटबाट केही सांसदको टाउकोमा चोट लागेको छ । एक जना सांसदलाई त उपचारका लागि अस्पतालमै पुर्याउनु परेको छ । संसदमा भएको यो झडपको भिडियो सामाजिक सन्जालमा भाइरल छ ।

मालदिभ्समा प्रोग्रेसिभ पार्टी अफ मालदिभ्स र पिपल्स नेशनल कांग्रेस (पीपीएम) र पीएनसीको गठबन्धन सरकार छ । ‘इण्डिया आउट’ नारा दिँदै चुनाव जितेका मोहम्मद मुइज्जु प्रधानमन्त्री छन् । अर्कोतर्फ मालदिभ्सको विपक्षी दल भारतसँग निकट छ । वर्तमान सरकारले भारतसँग सम्बन्ध बिगारेको भन्दै विपक्षी दलले सरकारको कडा आलोचना गर्दै आएको छ ।

मालदिभ्सको मुख्य विपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले सरकारले नियुक्त गर्न खाजेका चार सदस्यको विरोध गरेको छ ।

एमडीपीले संसदमा मतदान हुनु अगाडि नै मन्त्रिपरिषद्मा नियुक्त गर्न लागिएका चार सदस्यको प्रस्तावमा समर्थन नगर्ने निर्णय गरेको थियो । त्यसप्रति सत्ता पक्षका सांसदहरुले विरोध जनाएपछि त्यही विवाद झडपमा परिणत भएको बीबीसीले जनाएको छ । त्यसपछि मन्त्रिपरिषदका सदस्यको नियुक्ति प्रस्ताव पास गर्ने विषयमा भोटिङ हुन पाएन ।

गठबन्धन सरकारले आवास, भूमि तथा शहरी विकास मन्त्री डा. अली हैदर, इस्लामिक मामिला मन्त्री मोहमद शहीम अली सईद, आर्थिक तथा व्यापार विकास मन्त्री मोहम्मद सईद र महान्यायाधिवक्ता अहमद उशमलाई नियुक्त गर्न चाहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन