"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ओली समकालीन नेताहरूमा सर्वाधिक प्रतिभाशाली नेता : पूर्वराष्ट्रपति विद्या भण्डारी

प्रकाशित मिति :  30 January, 2024 5:47 pm


काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समकालीन राजनीतिक नेताहरूमा सर्वाधिक प्रतिभाशाली नेताका रूपमा चित्रण गरेकी छन् । मंगलवार ‘संसद्मा केपी ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले अध्यक्ष ओलीबारे यस्तो बताएकी हुन् ।

‘यस पुस्तकका नायक श्री केपी शर्मा ओलीज्यू समकालीन राजनीतिक नेताहरूमा पृथक् पहिचान बनाउनुभएको नेता हुनुहुन्छ’, उनले भनिन्, ‘सर्वाधिक प्रतिभाशाली नेताको रूपमा उच्च स्थान प्राप्त गर्न सफल उहाँ नेकपा एमालेको अध्यक्ष र प्रधानमन्त्री समेत भइसक्नुभएको व्यक्तित्व हुनुहुन्छ ।’ साथै उनले अध्यक्ष ओली राजनीतिका साथै कला, साहित्य, संस्कृति एवं धर्म दर्शन र विज्ञान लगायतका विषमा समेत गहन ज्ञान भएको नेता भएको बताइन् ।

‘सघन अध्ययन र सङ्घर्षमय जीवनको लामो अनुभवले खारिनुभएका नेता ओली हाम्रा लागि सदैव प्रेरणा र ज्ञानको स्रोत हुनुहुन्छ । यसर्थ, श्री केपी शर्मा ओलीले संसद्मा गर्नुभएका भाषणहरू पनि राजनीतिक हिसाबले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्त्वपूर्ण छन्’, भण्डारीले भनिन्, ‘र ती संकलनीय र संग्रहणीय पनि रहेका छन् ।

त्यसैले पनि यस पुस्तकको विशेष महत्त्व रहेको छ । निरङ्कुश तानाशाही शासन व्यवस्थाको अन्त्य, लोकतन्त्र र मानव अधिकारको स्थापना, जनताको पक्षमा राजनीति गर्ने सिलसिलामा उहाँले १४ वर्ष लामो कष्टपूर्ण जेल जीवन बिताउनु भएको छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशमा सहकार्य गर्ने विषयमा सहमति भएको छ। दुवै दलबीच प्रदेश सरकार

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको