"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सत्ता गठबन्धनको निष्कर्ष : कोशीको मतपरिणाम अप्रत्याशित

प्रकाशित मिति :  31 January, 2024 1:21 pm


काठमाडौं । सत्तारुढ गठबन्धनले कोशीमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा आफ्नो उम्मेदवार पराजित हुनुलाई अप्रत्याशित भनेको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका नेताहरुको बैठकले कोशीमा सत्ता गठबन्धनको समर्थन रहेको माओवादी उम्मेदवार पराजित हुनुलाई अप्रत्याशित र गम्भीर भनेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेस नेता रमेश लेखकले राष्ट्रिय सभाको निर्वाचन र परिणामको विषयमा प्रारम्भिक समीक्षा र छलफल भएको बताए ।

‘कोशीमा अप्रत्याशित रिजल्ट आएको छ । यो गम्भीर छ, चिन्ताजनक छ । यसका बारेमा प्रारम्भिक छलफल भएको छ, अझै छलफल हुनेछ’ उनले भने ।

कोशीको मतपरिणामलाई लिएर माओवादी केन्द्रको मात्र नभई सत्ता गठबन्धनमा रहेका अन्य दलको पनि चासो रहेको भन्दै नेता लेखकले यो विषयले यसले गठबन्धनमा प्रतिकुल असर नगर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशमा सहकार्य गर्ने विषयमा सहमति भएको छ। दुवै दलबीच प्रदेश सरकार

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको