"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

माघ २१ बाट २१ आयोजनामा दबाब यात्रा गर्दै रास्वपा

प्रकाशित मिति :  1 February, 2024 12:35 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अलपत्र आयोजनाहरूमा दबाब यात्रा गर्ने भएको छ।  रास्वपाले मेलम्चीसहित आयोजनाहरू अलपत्र रहेको भन्दै निर्माण पूरा गराउन दबाब दिन पैदल यात्रा गर्न लागेको हो। पछिल्लो पटक गत माघ १ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण सुरू गरिएको थियो।

यही माघ २१ गते दबाब यात्रालाई सभापति रवि लामिछानेले सुरूवात गर्नेछन्। सो दिन मेलम्ची खानेपानी आयोजनामा दबाब यात्रा हुने रास्वपाले जनाएको छ। सातै प्रदेशमा तीन वटाका दरले आयोजनाहरूमा दबाब यात्रा गर्ने भएको छ। त्यसका लागि प्रतिनिधि सभा सांसदहरूलाई जिम्मेवारी दिइएको छ। सभापति लामिछाने सहितले नारायणगढ-पुल्चोक-गोन्द्राङ सडकमा दबाब यात्रा गर्नेछन्।

उपसभापति डिपी अर्यालले काठमाडौं-मधेस द्रुतमार्ग र अर्का उपसभापति स्वर्णिम वाग्लेले घुमाउने पुल र सडक स्तरउन्नती योजनामा दबाब यात्रा गर्ने भएका छन्।

रास्वपाले गत पुस ९ देखि ११ गतेसम्म नारायणगढ-बुटवल ११३ किमी सडकमा दबाब यात्रा गरेको थियो। लामो समयदेखि अलपत्र र नागरिकले सास्ती व्यहोरिरहेका विकास आयोजना प्राथमिकतामा राखेर दबाब यात्रा गर्न लागिएको रास्वपाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।