"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

माघ २१ बाट २१ आयोजनामा दबाब यात्रा गर्दै रास्वपा

प्रकाशित मिति :  1 February, 2024 12:35 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अलपत्र आयोजनाहरूमा दबाब यात्रा गर्ने भएको छ।  रास्वपाले मेलम्चीसहित आयोजनाहरू अलपत्र रहेको भन्दै निर्माण पूरा गराउन दबाब दिन पैदल यात्रा गर्न लागेको हो। पछिल्लो पटक गत माघ १ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण सुरू गरिएको थियो।

यही माघ २१ गते दबाब यात्रालाई सभापति रवि लामिछानेले सुरूवात गर्नेछन्। सो दिन मेलम्ची खानेपानी आयोजनामा दबाब यात्रा हुने रास्वपाले जनाएको छ। सातै प्रदेशमा तीन वटाका दरले आयोजनाहरूमा दबाब यात्रा गर्ने भएको छ। त्यसका लागि प्रतिनिधि सभा सांसदहरूलाई जिम्मेवारी दिइएको छ। सभापति लामिछाने सहितले नारायणगढ-पुल्चोक-गोन्द्राङ सडकमा दबाब यात्रा गर्नेछन्।

उपसभापति डिपी अर्यालले काठमाडौं-मधेस द्रुतमार्ग र अर्का उपसभापति स्वर्णिम वाग्लेले घुमाउने पुल र सडक स्तरउन्नती योजनामा दबाब यात्रा गर्ने भएका छन्।

रास्वपाले गत पुस ९ देखि ११ गतेसम्म नारायणगढ-बुटवल ११३ किमी सडकमा दबाब यात्रा गरेको थियो। लामो समयदेखि अलपत्र र नागरिकले सास्ती व्यहोरिरहेका विकास आयोजना प्राथमिकतामा राखेर दबाब यात्रा गर्न लागिएको रास्वपाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशमा सहकार्य गर्ने विषयमा सहमति भएको छ। दुवै दलबीच प्रदेश सरकार

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको