"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्थानीय तह लाई आत्मनिर्भर बनाऔं : अर्थमन्त्री

प्रकाशित मिति :  २५ फाल्गुन २०७८, बुधबार १२:३२


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले स्थानीय तहलाई आत्मनिर्भर बनाउन सके मुलुकले विकासको फड्को मार्ने बताएका छन् । मंगलबार दिउँसो राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगका पदाधिकारीसँग अर्थ मन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले संघीयतालाई सुधार गरी मुलुकको विकास गर्न स्थानीय तहलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

‘स्थानीय तहलाई आत्मनिर्भर नबनाई सुखै छैन’ उनले भने, ‘उत्पादन, निजी क्षेत्र, रोजगारी, प्राकृतिक स्रोतलगायत सबै क्षेत्रमा स्थानीय तहलाई आत्मनिर्भर बनाइयो भने देश अघि बढ्छ ।’ उनले स्थानीय तहमा विकृति भए सुधार गर्नुपर्ने तर सधैं गाली गरेर खराब मात्रै देखाउन नहुने उल्लेख गरे । ‘स्थानीय तहमा केही नकारात्मक कुराहरु होलान् ।

तर, स्थानीय तहले धेरै सकारात्मक काम गरेका छन्’ उनले भने । कोभिडको महामारीमा जनतालाई बचाउनेदेखि संक्रमण फैलन नदिन स्थानयि तहमा ठूलो काम भएको उनले बताए ।
आयोग अध्यक्ष बालानन्द पौडेलसहितका सदस्यले आगामी आर्थिक बर्ष २०७९/८० को बजेट निर्माणमा सघाउ पुग्ने गरी ‘अन्तर-सरकारी वित्तीय सम्बन्ध’ का बिषयमा प्रस्तुति दिएका छन् । प्रस्तुतीमाथि टिप्पणी गर्दै अर्थमन्त्री शर्माले संघीय प्रणालीमा हाल कायम संरचनामा कुनै फेरबदल नगरी काम गर्ने र मुलुकको विकासमा ध्यान दिनुपर्ने उल्लेख गरे ।

उनले स्थानीय तहलाई स्रोत जुटाउने बाटो बनाइदिनुपर्ने कुरामा जोड दिए । संघीय सरकारले सधैं मुठी कस्न नहुने भन्दै स्थानीय तहलाई स्रोत व्यवस्थापन हुने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । ‘केन्द्र सरकारले ऋण र धनलाई सधैँ मुठी कसेर राख्नु हुँदैन । कर उठाउन सक्ने किसिमका योजनाहरू पालिकाले बनाउँछ भने संघीय सरकारले ऋण लिएर भए पनि स्रोतको व्यवस्था गरिदिनुपर्छ, उनले भने ।

शर्माले संघीय प्रणाली कार्यान्वयन गर्नेक्रममा कोही मन्त्री भयो भने बजेटलाई सकेसम्म केन्द्रित गर्न खोज्ने तर त्यहीं मान्छे बाहिर गयो भने बजेट विकेन्द्रीकरण गर्नुपर्छ भन्दै वकालत गर्ने गरेको अनुभव आफूसँग रहेको उनको भनाइ छ ।

,‘यो प्रणाली ठूलो त्याग, बलिदान, संघर्ष, नेपालको विकासको संभावना र अनुभवका आधारमा अंगालेको हो । पृथ्वीनारायण शाहको पालादेखि शासकीय प्रणालीको अनुभवसहित हामीले सुधार गर्दै ल्याएको हो । त्यसैले हामीले यसलाई अवमूल्यन गरेर होइन, विकास गरेर अघि बढाउनुपर्छ’ उनले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बागलुङ – बागलुङमा एक हजार आठ सय ५० रोपनी जग्गा चक्लाबन्दी गरिएको छ। चक्लाबन्दीमा गरिएको फलफूलखेतीले अधिकांश बाँझो जग्गा हराभरा हुन

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबिच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले पर्यटन क्षेत्रमा रहेका नीतिगत समस्यालाई परिमार्जन गर्ने बताए । सोमबार

काठमाडौँ – सन् २०२४ को अगस्टमा विदेशी पर्यटकको आगमन ८.३ प्रतिशतले बढेको छ। नेपाल पर्यटक बोर्डको तथ्यांकअनुसार सन् २०२३ को