"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लोकतन्त्रको विकल्प अरु सुदृढ लोकतन्त्र नै हो : महामन्त्री गगन थापा

प्रकाशित मिति :  4 February, 2024 11:59 am


चितवन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्रको विकल्प अरु सुदृढ लोकतन्त्र नै भएको बताएका छन्। वीरगन्जमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले अब मुलुकमा लोकतन्त्र सुधारको अपरिहार्यता रहेको बताए।

उनले अब राजनीतिक दलमा पनि उच्च तहका नेतामा सुधारको आवश्यकता रहेको बताए। ‘राजनीतिक दलका उच्च नेता, कर्मचारी, स्थानीय तहका प्रमुखसम्ममा सुधारको आवश्यकता छ,’ उनले भने, ‘सबैक्षेत्रमा सुधार गर्न सकिए मात्रै राष्ट्र विकास गर्न सकिन्छ।’

माथिलो तहबाट सुधारको प्रयास हुनुपर्ने र सबैले आ–आफ्नो ठाउँबाट सुधारको प्रयास गरे मात्रै मुलुकमा आमुल परिर्वतन ल्याउन सकिने उनको भनाइ थियो। उनले बढदो महँगी, बेरोजगारी, भ्रष्टाचार र भागबन्डाको राजनीतिले लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर बनाएकाले लोकतान्त्रिक व्यवस्थाप्रतिको विश्वास बढाउन र आमनागरिकको जीवनमा सुधार ल्याउन शुद्धीकरण आवश्यक रहेको बताए।

केही व्यक्तिका कारण लोकतान्त्रिक व्यवस्थालाई नै बदनाम गर्ने प्रयास भइरहेको भन्दै उनले लोकतन्त्रको रक्षाका लागि आम सञ्चारमाध्यले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

  • रासस
facebook sharing button
twitter sharing button
messenger sharing button



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशमा सहकार्य गर्ने विषयमा सहमति भएको छ। दुवै दलबीच प्रदेश सरकार

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको