"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदमा सशक्त भूमिका निर्वाह गर्न एमाले सांसदलाई अध्यक्ष ओलीको निर्देशन

प्रकाशित मिति :  4 February, 2024 6:00 pm


काठमाडौँ । नेकपा एमालेले संसद बैठकमा शसक्त भूमिका निर्वाह गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । दुईदिनसम्म संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले जनताका आवाज उठाउदै सदनमा शसक्त भूमिका निर्वाह सांसदहरुलाई निर्देशन दिएको हो ।

बैठकमा संसदीय दलका नेता केपी ओलीले प्राविधिक र बैचारिक स्पष्टताका साथ बैठकमा सहभागिता जनाउन निर्देशन दिए । उनले सदन बैठकमा गल्ती बोल्नेहरुको रेकर्डबाट हटाइयोस भन्न आवश्यक नरहेको तर्क गरे । तर कसैले गल्ती बोलेको वा गरेको भए सदनमा विरोध भने जनाउनुपर्ने उनले बताए ।

ओलीले विभिन्न नेताहरूले दिएका प्रशिक्षणका आधारमा मर्यादित ढंगले गतिविधि गर्न पनि निर्देशन दिएका थिए । संघीय संसद्को बैठक सोमबार दिउँसो ४ बजेका लागि आह्वान भएको छ । सोमबारको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने लगाएतका कार्यसूची रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशमा सहकार्य गर्ने विषयमा सहमति भएको छ। दुवै दलबीच प्रदेश सरकार

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको