"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर

प्रकाशित मिति :  6 February, 2024 12:14 pm


एजेन्सी । बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको छ।  संवैधानिक कामकारबाही नरोक्ने गरी उनले सार्वजनिक कामलाई स्थगित गरेका थिए। सोमबारदेखि राजा चार्ल्सको स्वास्थ्य परीक्षण सुरू गरिएको थियो। 

बिबिसीले बकिमहम प्यालेसलाई उदृत गर्दै लेखेको समाचारअनुसार राजा चार्ल्सलाई क्यान्सर देखिएको छ। ७५ वर्षीय राजा चार्ल्सलाई कुन प्रकारको क्यान्सर लागेको भन्ने खुलेको छैन।

हालै उनको प्रोस्टेटको उपचार गराइएको थियो, जसक्रममा क्यान्सर भएको देखिएको थियो। यद्यपी प्रोस्टेट क्यान्सर नभएको बिबिसीले जनाएको छ। उनको लन्डन अस्पतालमा उपचार गराइएको थियो। 

प्यालेसले विज्ञप्ति जारी गरी राजालाई क्यान्सर भएको जानकारी दिए पनि अन्य विवरण सार्वजनिक गरेको छैन। क्यान्सरबारे चार्ल्स आफैंले आफ्ना दुवै छोरालाई जानकारी गराएका थिए।

अमेरिकामा रहेका राजकुमार ह्यारी उक्त खबरपछि बेलायत फर्किने लागेका छन्। वेल्सका राजकुमार विलियम्सले आफ्ना बुवासँग निरन्तर कुराकानी गरिरहेको बताएका छन्। 

बेलायतमा राजाले आधिकारिक काम कर्तव्य निभाउन नसकेमा राज्यका सल्लाहकारको रूपमा नियुक्त गर्न सक्ने संयन्त्र छ। राजा चार्ल्सले भने छिट्टै पूर्ण रूपमा निको भई काममा फर्किने बताएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी – अमेरिका र साउदी अरबबीच आणविक सम्झौता भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बुधबार साउदी अरबसँग नागरिक प्रयोजनका

एजेन्सी – बेलायती प्रधानमन्त्री कियर स्टार्मरले सोमबार पदबाट राजीनामा दिएका छन्। भारी बहुमतका साथ निर्वाचित भएको दुई वर्ष पनि नपुग्दै

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम