"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय

प्रकाशित मिति :  6 February, 2024 12:31 pm


काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। सानेपामा मंगलबार बसेको आकस्मिक केन्द्रीय समिति बैठकले बुढाथोकीको निधनमा यही माघ २३, २४ र २५ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

बैठकले पूर्वमन्त्री बुढाथोकीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ। बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा गए राति निधन भएको थियो। बुढाथोकीले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ।

उनको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने र उनको निधनबाट नेपाली कांग्रेस मर्माहत र स्तब्ध भएको मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

माघ २४ गते बुधबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द हुने पनि कांग्रेसले जनाएको छ। १३ औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा सम्बन्धित जिल्ला झापामा शोक सभाको गर्ने कांग्रेसले निर्णय गरेको छ।

समुदायमा कांग्रेस अभियान पनि स्थगित भएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशमा सहकार्य गर्ने विषयमा सहमति भएको छ। दुवै दलबीच प्रदेश सरकार

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको