"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय

प्रकाशित मिति :  6 February, 2024 12:31 pm


काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। सानेपामा मंगलबार बसेको आकस्मिक केन्द्रीय समिति बैठकले बुढाथोकीको निधनमा यही माघ २३, २४ र २५ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

बैठकले पूर्वमन्त्री बुढाथोकीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ। बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा गए राति निधन भएको थियो। बुढाथोकीले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ।

उनको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने र उनको निधनबाट नेपाली कांग्रेस मर्माहत र स्तब्ध भएको मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

माघ २४ गते बुधबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द हुने पनि कांग्रेसले जनाएको छ। १३ औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा सम्बन्धित जिल्ला झापामा शोक सभाको गर्ने कांग्रेसले निर्णय गरेको छ।

समुदायमा कांग्रेस अभियान पनि स्थगित भएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।