"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्‍मा रहेका राजनीतिक दलहरूले काम गर्ने तरिका बदल्न सांसद गगन थापाको आग्रह

प्रकाशित मिति :  7 February, 2024 12:21 pm


काठमाडौँ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले संसद्मा रहेका राजनीतिक दलहरूले काम गर्ने तरिका बदल्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको हिउँदे अधिवेशन सुरु भएको अवसरमा संसद्लाई दलको तर्फबाट सम्बोधन गर्दै थापाले राजनीतिक दल, संसद्, सरकार र संसदीय समितिले काम गर्ने तरिका बदल्नुपर्ने अवस्था आएको बताएका हुन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद थापाले राजनीतिक दलहरूले संसद्मा काम गर्ने तरिका बदलेर प्रभावकारी रूपमा अगाडि बढ्नुपर्ने बताए । ‘संसद्‌भित्र रहेका राजनीतिक दलहरूले काम गर्ने तरिका बदल्नुपर्ने भएको छ,’ उनले भने, ‘यो पटकको संसद्को अधिवेशन थप जिम्मेवार र क्रियाशील बनाउनेछौं ।’

संसद्को ठूलो दल भएको नाताले कांग्रेसले संसद्लाई प्रभावकारी बनाउन भूमिका खेल्ने थापाले प्रतिबद्धता जनाए । सरकारले संसद्‍बाट गरेको अपेक्षा पूरा गर्न र जनताले संसद्बाट गरेको अपेक्षा पूरा् गर्न कांग्रेस प्रतिबद्ध रहेको बताए । उनले कांग्रेसका सांसदहरू अधिवेशनभरी क्रियाशील रूपमा संसद्मा उपस्थित हुने बताए । संसद्लाई आम नागरिकसँग जोड्नका लागि भूमिका खेल्ने थापाको भनाइ थियो ।

संसद्को यसअघिको अधिवेशनबाट संसद् र सरकार सन्तुष्ट नरहेको थापाको भनाइ थियो । उनले संघीयता र संविधान कार्यान्वयनका लागि कानुन निर्माण गर्नुपर्ने आवश्यकता रहेको र त्यसका लागि सरकारले विधेयक संसद्‍मा ल्याउनुपर्ने बताए ।

सरकारले संघीयता कार्यान्वयन र संविधान कार्यान्वयन गर्नका लागि विधेयक ल्याउने आश्वासन दिएको र सांसदहरूले पनि सोहीअनुसार क्रियाशीलता देखाउनुपर्ने उनले बताए ।

संसद्ले कार्यतालिका नै बनाएर अघि बढेको र संसदीय समितिहरूले पनि सोहीअनुसार अगाडि बढ्नुपर्ने सांसद थापाको भनाइ थियो । उनले संसदीय समितिले निर्देशन दिन हतार गर्न नहुने, प्रक्रिया मिच्ने र अपारदर्शी बन्न नहुने भन्दै संसदीय समितिले विश्वसनीय रूपमा अगाडि बढ्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका