"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सम्पती शुद्धिकरण सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित

प्रकाशित मिति :  7 February, 2024 6:19 pm


काठमाडौँ । प्रतिनिधि सभाले सम्पती शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धधन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरेको छ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकले सम्पती शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० बहुमतले पारित गरेको हो।

सो विधेयक पारित गरियोस् भनि कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राखेको प्रश्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे।

प्रतिनिधि सभाको आगामी बैठक फागुन ६ गते बिहान ११ बजे बस्नेगरी बोलाइएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका