"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

टीकापुर जग्गा अनियमितता प्रकरणमा २४९ जना मुद्दा दायर

प्रकाशित मिति :  8 February, 2024 2:20 pm


काठमाडौँ । कैलालीको टीकापुरस्थित सरकारी जग्गा हडपेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर विकास समितिका २७ पदाधिकारीसहित २४९ जनाविरुद्ध मुद्दा दायर गरेको छ। अख्तियार लामो अनुसन्धानपछि बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जनाएको छ।

टीकापुर नगरपालिका-१ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायत पदाधिकारीहरूको मिलेमतोमा नक्कली रसिद बनाई समितिका अध्यक्ष, सदस्य एवम् कर्मचारीको संलग्नतामा घडेरी आफन्त लगायतको नाममा लगेको उनीहरूमाथि आरोप छ।

टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी जग्गा व्यक्ति तथा संघ-संस्थाहरूलाई वितरण गरी हक हस्तान्तरण गरेको खुलेको थियो। जग्गा हडप्दा नगर विकास समितिको नाममा नक्कली कागजात खडा गरेको अख्तियारको आरोप छ।

अख्तियारले टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्षहरू नेत्रप्रसाद जोशी, ललिता ताम्राकार, धिजराज रेग्मी लगायत २७ जनाको संलग्नतामा सरकारी जग्गा हडपिएको आरोप लगाएको छ। यस्तै उक्त जग्गाधनी लगायत अन्यविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो।

टीकापुर बजार क्षेत्र वरिपरिको करिब ३० बिघा सरकारी जग्गा टीकापुर विकास समितिका पदाधिकारीको नाममा दलका कर्यकर्ता र उनीहरूका आफन्तलाई वितरण गरिएको थियो।

पहिलो चरणमा व्यक्तिको नामबाट आफ्नो नाममा दाखा गराउने पहिलो चरणका जग्गाधनीहरूका हकमा मतियारको रुपमा सजाय र बिगोसमेत भराउन अख्तियारले माग गरेको छ।

यस्ता जग्गाधनीहरू ११० जना रहेका छन्। उनीहरूलाई मतियारका रुपमा सजाय गर्न माग गरिएको छ। टीकापुर नगर विकास समितिको जग्गा व्यक्ति विशेषबाट खरिद गरी भोग गरिरहेका हालका जग्गाधनीहरूको हकमा पनि मुद्दा दायर गरिएको छ।

तर उनीहरूबाट जग्गा जफत गर्ने माग दाबी लिइएको छ। हाल १०७ जना यस्ता जग्गा धनी रहेको अख्तियारले जनाएको छ।

टीकापुर विकास समितिको नाममा नक्कली कागजातको आधारमा पहिलो चरणमा समितिको घडेरी तथा प्लट लिई उक्त प्लटहरू दाखा हुनुपहिले‍ नै बिक्री गरी अन्य व्यक्तिको नाममा दाखा गराउने ४ जनाविरुद्ध पनि बिगो कायम गर्दै मुद्दा दायर भएको छ।

उनीहरूबाट मालपोत मुल्यांकन अनुसार असुलउपर गर्न माग गरिएको छ। यसरी जग्गा लिनेमध्ये ७ जनाको मृत्यु भइसकेको छ। उनीहरूको हकवालाबाट बिगो असुलउपर गर्न माग गरिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशमा सहकार्य गर्ने विषयमा सहमति भएको छ। दुवै दलबीच प्रदेश सरकार

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको