"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

हुलाक सेवाका १६ सय ३६ दरबन्दी खारेज गर्ने सरकारको निर्णय

प्रकाशित मिति :  8 February, 2024 9:16 pm


काठमाडौं । सरकारले हुलाक सेवाका दरबन्दी भारी मात्रामा कटौती गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले हुलाक सेवा अन्तर्गतका एक हजार ६ सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको हो। यसअनुसार अब केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज हुनेछन्। 

एक पालिका, एक हुलाकको सांगठनिक संरचना परिवर्तन गर्ने र त्यसअनुसार हुलाकको संरचना परिवर्तन गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। 

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदा जिल्ला, इलाका र अतिरिक्त हुलाक कार्यालयहरू खारेज गर्ने र प्रत्येक स्थानीय तहमा एउटा हुलाक कार्यालय राख्ने घोषणा गरेको थियो। सोही घोषणा कार्यान्वयन गर्न यो निर्णय गरिएको मन्त्री शर्माले बताइन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू