"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

माधव नेपाल घरका न घाट हुने ओलीको आरोप

प्रकाशित मिति :  8 February, 2024 9:23 pm


रौतहट । नेकपा एमाले रौतहट जिल्ला कमिटीको १० औं अधिवेशन उद्घाटन गर्न आएका अध्यक्ष केपी शर्मा ओलीले पूर्वसहकर्मी माधवकुमार नेपालको आलोचना गरेका छन् । उनले अर्को चुनावमा माधव नेपालको राजनीति समाप्त हुने ठोकुवासमेत गरे ।

‘आफ्नो घर भत्काएर गठबन्धन मेरो घर हो भन्दै हिँडेका माधव नेपाललाई गठबन्धनले नै लात हानेर निकाले घरका न घाटका हुन्छन्’, अध्यक्ष ओलीले भने, ‘पार्टी विरोधी, सुशासनविरोधी तथा भ्रष्ट तत्वहरुको मतियार भएर तिनको सहयोगी भएर तिनको पछि पछि हिँडेका छन् माधव नेपाल ।’

एमालेले १५ वर्षसम्म पार्टी प्रमुख बनाएका व्यक्तिले पार्टीकै सरकार ढालेर कांग्रेसको सरकार बनाउन सहयोग गरेको भन्दै ओलीले आलोचना गरे । ‘नेकपा एमालेले १५ वर्ष पार्टीको प्रमुख बनायो, प्रधानमन्त्री बनायो तर उनले दुई तिहाइको अवस्थामा पुगेको पार्टीको सरकार ढालेर कांग्रेसको पाउमा लगेर सरकार बुझाउने व्यक्ति माधव नेपाल हुन् ।’

सत्ता गठबन्धनका कारण देशको दुर्दशा भएको भन्दै उनले सरकारका कारण विकासका आयोजनाहरुले गति लिन नसकेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशमा सहकार्य गर्ने विषयमा सहमति भएको छ। दुवै दलबीच प्रदेश सरकार

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको