"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

माधव नेपाल घरका न घाट हुने ओलीको आरोप

प्रकाशित मिति :  8 February, 2024 9:23 pm


रौतहट । नेकपा एमाले रौतहट जिल्ला कमिटीको १० औं अधिवेशन उद्घाटन गर्न आएका अध्यक्ष केपी शर्मा ओलीले पूर्वसहकर्मी माधवकुमार नेपालको आलोचना गरेका छन् । उनले अर्को चुनावमा माधव नेपालको राजनीति समाप्त हुने ठोकुवासमेत गरे ।

‘आफ्नो घर भत्काएर गठबन्धन मेरो घर हो भन्दै हिँडेका माधव नेपाललाई गठबन्धनले नै लात हानेर निकाले घरका न घाटका हुन्छन्’, अध्यक्ष ओलीले भने, ‘पार्टी विरोधी, सुशासनविरोधी तथा भ्रष्ट तत्वहरुको मतियार भएर तिनको सहयोगी भएर तिनको पछि पछि हिँडेका छन् माधव नेपाल ।’

एमालेले १५ वर्षसम्म पार्टी प्रमुख बनाएका व्यक्तिले पार्टीकै सरकार ढालेर कांग्रेसको सरकार बनाउन सहयोग गरेको भन्दै ओलीले आलोचना गरे । ‘नेकपा एमालेले १५ वर्ष पार्टीको प्रमुख बनायो, प्रधानमन्त्री बनायो तर उनले दुई तिहाइको अवस्थामा पुगेको पार्टीको सरकार ढालेर कांग्रेसको पाउमा लगेर सरकार बुझाउने व्यक्ति माधव नेपाल हुन् ।’

सत्ता गठबन्धनका कारण देशको दुर्दशा भएको भन्दै उनले सरकारका कारण विकासका आयोजनाहरुले गति लिन नसकेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।