"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समृद्धिको आधार सुशासनलाई बनाउनुपर्छ : मन्त्री शर्मा

प्रकाशित मिति :  10 February, 2024 4:32 pm


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समृद्धिको आधार सुशासनलाई बनाउनुपर्ने बताएकी छन् । नेपाल उद्योग व्यापार महासंघ बागमती प्रदेशको दोस्रो साधारणसभा उद्घाटन गर्दै उनले सरकारी, निजीलगायत हरेक क्षेत्रमा सुशासनको आधार तयार गरेर मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने बताइन् । 

‘हामीसँग स्रोत साधनको अभाव छ भन्ने कुरा साँचो नै हो । तर भएको स्रोत साधनको सही उपयोग नहुनु अझ ठूलो समस्याको रुपमा रहेको छ,’ उनले भनिन्, ‘सरकारी क्षेत्रमा अनियमितता र चुहावटको ठूलो समस्या छ भने निजी क्षेत्र पनि करको दायरामा नआउने, सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेलगायतका धेरै समस्या देखिने गरेका छन् ।’

हिजो निरंकुशतन्त्रले जनताका अधिकारहरु कण्ठित भएको बेलामा राजनीतिक अधिकारको एजेण्डा प्रधान भएको उल्लेख गर्दै मन्त्री शर्माले त्यसका लागि आफूहरु सशस्त्र जनयुद्ध र शान्तिपूर्ण आन्दोलनमा सहभागी भएर आएको स्मरण गराइन् ।

अब फेरिएको राजनीतिक व्यवस्थालाई बलियो बनाउँदै समृद्धिको माध्यमबाट जनताको अवस्था बदल्ने एजेण्डा प्रमुख बन्न गएको उल्लेख गर्दै उनले थपिन्, ‘अब जनताको अवस्था बदल्ने भनेको मूलतः आर्थिक आधार र जीवनस्तर बदल्ने नै हो । त्यसका लागि राष्ट्रिय अर्थतन्त्रको विकास अनिवार्य शर्त हो ।’

नेपालमा राष्ट्रिय अर्थतन्त्र वृद्धिका चार आधारको रुपमा कृषि, पर्यटन, जलस्रोत र सूचना प्रविधि रहेको उल्लेख गर्दै मन्त्री शर्माले यी चारै क्षेत्रमा व्यक्तिगत वा सामूहिक लगानी वृद्धि गरेर उत्पादन बढाउने, बजारको सुनिश्चित गर्ने र त्यसबाट आउने प्रतिफलको हिस्सेदार आम जनतालाई बनाउने गरी राष्ट्रिय पूँजीको विकासमा ध्यान दिन उद्योग ब्यापारीहरुलाई आग्रह गरिन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशमा सहकार्य गर्ने विषयमा सहमति भएको छ। दुवै दलबीच प्रदेश सरकार

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको