"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारले माग्यो बेरोजगारको सूची

प्रकाशित मिति :  10 March, 2022 2:58 pm


काठमाडौँ । आगामी आर्थिक वर्ष २०७९/८० को प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहनेहरुका लागि सरकारले आवेदन माग गरेको छ । बेरोजगारहरुलाई १ सय दिन बराबरको रोजगार सुविधा प्रत्याभूति गराउनका लागि भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहहरुमार्फत् विवरण लिन लागेको हो । बेरोजगारका रुपमा संकलित तथ्याङ्कलाई सरकारले आगामी आर्थिक वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश गर्नेछ ।

बेरोजगार व्यक्ति १८ देखि ५९ वर्ष उमेर समूहको हुनुपर्नेछ भने निवेदन दिँदाको मितिसम्म सोहि आर्थिक वर्षमा न्यूनतम सय दिनको रोजगारमा संलग्न नभएको हुनुपर्नेछ । त्यस्तै, स्वरोजगार व्यक्तिहरुको हकमा वार्षिक ५७ हजार ७ सय रुपैयाँ भन्दा कम आय भएका व्यक्तिले मात्र प्रधानमन्त्री रोजगार कार्यक्रममा भाग लिन पाउनेछन् ।

रोजगार कार्यक्रमका लागि परेका निवेदनहरुलाई वडा कार्यालयले छानबिन गरेर बेरोजगार ठहर गर्नुपर्नेछ । त्यस्तै, निवेदनलाई स्थानीय निर्देशक समितिले छानबिन गरी बेरोजगार व्यक्तिको अन्तिम सूची गाउँ कार्यपालिका वा नगर कार्यपालिकाले स्वीकृत गर्नेछ । रोजगारीको हक मौलिक हकका रुपमा राखिएको छ । ‘प्रत्येक नेपाली नागरिकलाई रोजगारीको हक प्रत्याभूति गराउन तोकिएको मापदण्ड पुरा गरेका नेपाली नागरिकले रोजगारीको हक सम्बन्धी नियमावली २०७५ को नियम ७ बमोजिम आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा फागुन महिनाभर आवेदन दिन सक्नेछन्,’ श्रम मन्त्रालयले बिहीबार जारी गरेको सूचनामा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली प्रहरीमा भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै झन्डै १६ सय प्रहरी नयाँ भर्ना गर्न

काठमाडौँ – सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले अधिकतम २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गर्ने भएको छ। सरकारले

काठमाडौँ — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पदमा ७७ जना कर्मचारी नियुक्त गर्न आवेदन मागेको छ। कम्पनीले शुक्रबार

काठमाडौं – नेपाल टेलिकमले ६९ नयाँ कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। शुक्रबार गोरखापत्रमा सूचना प्रकाशन गर्दै टेलिकमले उपप्रबन्धकदेखि जुनियर