"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारले माग्यो बेरोजगारको सूची

प्रकाशित मिति :  10 March, 2022 2:58 pm


काठमाडौँ । आगामी आर्थिक वर्ष २०७९/८० को प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहनेहरुका लागि सरकारले आवेदन माग गरेको छ । बेरोजगारहरुलाई १ सय दिन बराबरको रोजगार सुविधा प्रत्याभूति गराउनका लागि भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहहरुमार्फत् विवरण लिन लागेको हो । बेरोजगारका रुपमा संकलित तथ्याङ्कलाई सरकारले आगामी आर्थिक वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश गर्नेछ ।

बेरोजगार व्यक्ति १८ देखि ५९ वर्ष उमेर समूहको हुनुपर्नेछ भने निवेदन दिँदाको मितिसम्म सोहि आर्थिक वर्षमा न्यूनतम सय दिनको रोजगारमा संलग्न नभएको हुनुपर्नेछ । त्यस्तै, स्वरोजगार व्यक्तिहरुको हकमा वार्षिक ५७ हजार ७ सय रुपैयाँ भन्दा कम आय भएका व्यक्तिले मात्र प्रधानमन्त्री रोजगार कार्यक्रममा भाग लिन पाउनेछन् ।

रोजगार कार्यक्रमका लागि परेका निवेदनहरुलाई वडा कार्यालयले छानबिन गरेर बेरोजगार ठहर गर्नुपर्नेछ । त्यस्तै, निवेदनलाई स्थानीय निर्देशक समितिले छानबिन गरी बेरोजगार व्यक्तिको अन्तिम सूची गाउँ कार्यपालिका वा नगर कार्यपालिकाले स्वीकृत गर्नेछ । रोजगारीको हक मौलिक हकका रुपमा राखिएको छ । ‘प्रत्येक नेपाली नागरिकलाई रोजगारीको हक प्रत्याभूति गराउन तोकिएको मापदण्ड पुरा गरेका नेपाली नागरिकले रोजगारीको हक सम्बन्धी नियमावली २०७५ को नियम ७ बमोजिम आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा फागुन महिनाभर आवेदन दिन सक्नेछन्,’ श्रम मन्त्रालयले बिहीबार जारी गरेको सूचनामा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रहरीले प्राविधिक समूहअन्तर्गत ४०० भन्दा बढी पदका लागि भर्ना आह्वान गरेको छ। यसअन्तर्गत प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी

काठमाडौँ — गोरखापत्र संस्थानले विभिन्न पदमा ९१ जना कर्मचारी मागेको छ। शुक्रबार सूचना जारी गर्दै गोरखापत्र संस्थानले नवौं तहदेखि दोस्रो तहसम्म

काठमाडौँ- आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) का लागि नेपाल प्रहरीले आफू मातहत परिचालन हुने निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्नाका

काठमाडौं – नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना खुलेको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै नेपाल प्रहरीले