"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सर्वेक्षणमा २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि

प्रकाशित मिति :  13 February, 2024 11:05 am


काठमाडौँ । नेपालको कुल जनसंख्याको २०.२७ प्रतिशत जनसंख्या अझै गरिबीको रेखामुनि रहेको तथ्यांकले देखाएको छ । यो नेपालको कुल जनसंख्याको करिब ५८ लाख हो । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौँथो (२०७९/८०) सर्वेक्षणले यस्तो तथ्य देखाएको हो ।

तेस्रो सर्वेक्षण प्रकाशित भएको करिब १२ वर्षपछि कार्यालयले चौँथो सर्वेक्षण सार्वजनिक गरेको हो ।

यसअघिको सर्वेक्षणको तुलनामा यो सर्वेक्षणमा सर्वेक्षणको विधि समान भएपनि उपभोग्य वस्तुहरुको डालो (फुड वास्केट)मा व्यापक परिवर्तन गरिएकाले अहिलेको गरिबीको तथ्यांक अघिल्लो सर्वेक्षणको तथ्यांकसाग तुलना गर्न नमिल्ने कार्यालयले प्रस्ट्याएको छ ।

‘यस सर्वेक्षणमा गरिएको गरिबीको रेखा अद्यावधिक गरिएको कारणले अघिल्ला सर्वेक्षणहरुसाग प्रत्यक्ष रुपमा तुलना गर्न सकिदैन,’ राष्ट्रिय तथ्यांक कार्यालयले भनेको छ ।

सर्वेक्षणका अनुसार खाद्य गरिबीको रेखा ३५ हजार २९ रुपैयाा र गैरखाद्य गरिबीको रेखा ७२ हजार ९ सय ८ कायम हुन आएको छ । यसले ०७२ सालमा आएको महाभूकम्प र कोरोना जस्ता महामारी जस्ता कारणहरुबाट अपेक्षित रुपमा गरिबीको दर घट्न नसकेको सर्वेक्षणले देखाएको छ ।

‘नयाँ गरिबीको रेखाअनुसार २०.२७ प्रतिशत जनसंख्या गरिबी रेखामुनि रहेको देखिन्छ,’ सर्वेक्षणमा भनिएको छ । गरिबीको दर शहरी क्षेत्रमा १८.३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४.६६ प्रतिशत रहेको देखिन्छ ।

प्रदेशगत रुपमा हेर्दा मधेश, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशमा गरिबीको दर राष्ट्रिय गरिबीको दरभन्दा बढी देखिएको छ । तर, गण्डकी, वाग्मती र कोशी प्रदेशमा गरिबीको दर राष्ट्रिय दरभन्दा कम रहेको सर्वेक्षणमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको