"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रास्वपाले प्रधानमन्त्रीलाई बुझायो लघुवित्तसम्बन्धी प्रतिवेदन

प्रकाशित मिति :  13 February, 2024 11:21 am


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्तीय समस्याको समाधानका लागि सबैभन्दा बढी आफू गम्भीर र सक्रिय रहेको बताएका छन्। मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीले बुझाएको लघुवित्तीय संस्थाको संकट र समाधानका उपाय समेटिएको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले यसको समाधानका लागि आफू सक्रिय रहेको बताएका हुन्।

‘यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छु,’ सभापति रवि लामिछानेसहित पुगेको रास्वपाका टोलीहरूसँग प्रतिवेदन बुझेपछि प्रधानमन्त्री प्रचण्डले भने।

उनले त्यसमा रास्वपाको सुझाव पनि हेर्ने बताए। ‘तपाईहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुंगाउन चाहन्छु, यसमा तपाईहरूको पनि सहयोग चाहियो,’ प्रधानमन्त्री प्रचण्डले भने।

रास्वपाको अर्थ तथा नीति विभागले सहकारी तथा लघुवित्तीय संस्थाको संकट र समाधानका उपायसम्बन्धी अध्ययन र प्रतिवेदन तयार पार्ने जिम्मा पाएको थियो।

विभागले माघ १५ गतेभित्र प्रतिवेदन तयार पारी सरकारलाई बुझाउने जिम्मा पाएको थियो। विभागमा सुरेशकुमार कर्ण, सुशील खड्का, भोजन अर्याल, सिर्जना केसी सदस्य छन्।

विभागले तयार पारेको प्रतिवेदन आज बिहान बालुवाटार पुगेर सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्लेसहितको टोलीले प्रधानमन्त्रीलाई बुझाएका हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका