"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गठबन्धनको विषय तत्कालीन अवस्थामा निर्भर हुन्छ : सभापति देउवा

प्रकाशित मिति :  19 February, 2024 4:25 pm


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषय तत्कालीन अवस्थामा निर्भर हुने बताएका छन्।सोमबार ललितपुरको गोदावारी सुरू भएको महासमिति बैठक उद्घाटन समारोहमा बोल्दै उनले अहिलेको निर्वाचन प्रणालीमा एकल बहुमत सम्भव नभएकाले गठबन्धनको विकल्प नभएको बताए।

उनले वर्तमान गठबन्धनलाई निरन्तरता दिनु कांग्रेसको राजनीतिक जिम्मेवारी हुने पनि जिकिर गरे। ‘अहिले हामी गठबन्धनको अभ्यासमा छौं। गठबन्धन सरकार बनाउनका लागि १० महिनाअघि मात्र बनेको हैन। प्रतिनिधि सभा विघटन गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने काम भएपछि यसको रक्षाका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको हो,’ उनले भने, ‘वर्तमान सरकार त्यसैको निरन्तरता हो। महासमितिमा पेश भएको सबै दस्तावेजले गठबन्धनको विषयलाई समेटिएको छ। वर्तमान गठबन्धन सबैको अग्रसरतामा संविधानको रक्षाको उद्देश्यले बनेको हो।’

सभापति देउवाले नेपाली कांग्रेसको विधानलाई समय सापेक्ष बनाउन संशोधनको आवश्यकता भएको बताए। उनले पार्टीलाई थप बलियो बनाउन विधान संशोधन आवश्यक भएको उल्लेख गरे। उद्घाटन सत्रमा बोल्दै सभापति देउवाले संविधान गतिशील दस्तावेज भएको र यसमाथि जनताको स्वीकार्यता र स्वामित्व आवश्यक भएको उनले उल्लेख गरे।

जनताको आशा भरोसा स्थापित गर्न संविधान कार्यान्वयनमा देखिएको अस्पष्टता जटिलता पहिचान गरेर स्पष्ट पार्दै अघि बढ्नुपर्ने धारणा पनि सभापति देउवाले राखेका छन्। कांग्रेस जनताले आशा भरोसा गरेको पार्टी भएकाले जनताको विश्वासलाई खण्डित गर्न नहुने उनको भनाइ छ।

‘अहिले पार्टी ठूलो बनेको छ। संगठन बलियो छ। जनताको आशा भरोसा कांग्रेसप्रति छ। कांग्रेसले विश्वासलाई खण्डित हुन दिनु हुँदैन,’ उनले भने। सभापति देउवाले पार्टीको १४ औं महाधिवेशनले नेतृत्व मात्र चयन गरेको समय अभावका कारण नीतिगत विषयमा दस्तावेज राखेर छलफल गर्न नपाएकाले सोही उद्देश्यले महासमितिको बैठक बोलाइएको बताए।

तीन दिनसम्म चल्ने महासमिति बैठकको सोमबार देउवाले उद्घाटन गरेका हुन्। मंगलबार बिहान ९ बजेदेखि बैठक फेरि बस्ने र बैठकमा नेताहरूले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यक्रम छ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका