"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

त्रिवि उपकुलपति टुंगो नलागेको प्रधानमन्त्रीको स्पष्टोक्ति

प्रकाशित मिति :  20 February, 2024 12:08 pm


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति नियुक्ति प्रक्रिया टुंगो लाग्न अझै केही समय लाग्ने भएको छ। प्रधानमन्त्री एवं त्रिविका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियुक्ति प्रक्रिया टुंगोमा नपुगेको बताएका छन्।

सिफारिस समितिको सिफारिस प्राप्त भए पनि यसबारे थप निर्णय भइनसकेको प्रचण्डको भनाइ छ। गोरखा-पत्रकार समाज नेपालको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन मंगलबार बिहान  बालुवाटारमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘छिट्टै यसबारे निर्णय हुने नै छ तर अहिलेसम्म केही भइसकेको छैन ।’

फागुन ६ गते त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको थियो। सर्टलिस्टमा परेकाहरूको अन्तर्वार्ता सकिएलगत्तै समितिको बैठकले केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद